भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आश्विन २२, २०७२-
संसदभित्र हाल सकाकात्मक
देखिएको मत अन्तिम समयसम्म प्रभावित
नभए कांग्रेसको समर्थन विनै आइतबार
केपी ओली प्रधानमन्त्री बन्न सक्नेछन् ।
निर्णायक मानिएका एमाओवादी र
राप्रपा नेपालले समेत समर्थनको
आवश्वासन दिएपछि ओलीका लागि
स्थिति अनुकुल बनेको हो ।
कांग्रेससहितकै समर्थनमा सरकार बनाउने
ओलीको प्रयास जारी छ । यद्यपि
कांग्रेस भित्र पनि उम्मेदवारी दिनुपर्ने
माग प्रबल भएकाले ओलीले आफ्नो बहुमत
जुटाउने कसरत तीव्र पारेका छन् । उनले
शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने १५
वटा साना दलसँग संयुक्त छलफल गरे ।
त्यहाँ उपस्थित दलहरुले समर्थन गर्ने
आवश्वासन दिएका छन् । एमाओवादी र
राप्रापा नेपालसँग छुट्टै छलफल गरे ।
एमाओवादीले विगतको ‘भद्र सहमति’
कार्यान्वयन गर्ने आवश्वासन ओलीलाई
दिएको छ । राप्रपा नेपालका अध्यक्ष
कमल थापाले पनि तीन दलबीचको
सहमति तोडिए ओलीको पक्षमा समर्थन
गर्ने आवश्वासन दिएका छन् । शुक्रबार
रातिसम्म ओलीले पाएको
आवश्वासनको हिसाब गर्ने हो भने
ओलीको पक्षमा मत ३ सय २९ देखिएको
छ । कांग्रेसले उम्मेदवारी दिएको
अवस्थामा भने ओलीको पक्षमा उभिने
दलहरुले आफ्नो आश्वासन बदल्न सक्ने
संभावना यथावत् छ ।
कांग्रेस बिनै ओलीको पक्षमा
शुक्रबारसम्म सकारात्मक मत
एमाले १८३
एमाओवादी ८३ (बाबुराम भट्राईले
छोडेपछि)
राप्रपा नेपाल २५
राप्रपा १२
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा संयुक्त ३
राष्ट्रिय जनमुक्ति २
परिवार दल २
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा १
नेपा: राष्ट्रिय पार्टी १
जनजागरण नेपाल पार्टी १
समाजवादी जनता पार्टी १
मधेस समता पार्टी १
जम्मा ३२९
0 comments:
Post a Comment