Home » » देशभरका नाकाबाट गाडीहरु धमाधम नेपाल भित्रिदैं, वीरगन्ज अझै ठप्प

देशभरका नाकाबाट गाडीहरु धमाधम नेपाल भित्रिदैं, वीरगन्ज अझै ठप्प

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, असोज २३ । भारतको अघोषितनाकावन्दीका कारण मुलुकका मूख्य भन्सारनाकाहरु अझै ठप्प छन् । केही भंसारनाकाहरुबाट भने थोरै मात्रामामालसामान र पेट्रोलिय पदार्थका गाडीहरुनेपाल भित्रने क्रम जारी छ ।विराटनगरको रानी भन्सारबाट भने शुक्रबाररातीसम्ममा १ सय ७३ वटा मालबाहकगाडीहरु नेपाल भित्रिएका छन् । जसमा तीनवटापेट्रोलका, २४ वटा डिजलका र दुई वटा ग्यासबुलेटका गाडी छन् ।अन्य सबै फलफुल, कच्चा पदार्थ र मार्वललगायतका सामग्री बोकेका गाडी छन् । योनाकामा आन्दोलनरत मोर्चाको कुनै अवरोधनभएपनि भारतले नै पेट्रोलको गाडी कममात्रामा नेपाल पठाउंदै आएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट पनिमालसामान नेपाल भित्रने क्रम जारी छ ।शुक्रबार रातीसम्म यो नाका भएर १ सय १८वटा मालबाहक गाडी नेपाल भित्रिएका छन्। जसमा चार वटा पेट्रोलका, १५ वटाडिजलका, २ वटा हवाई इन्धन र ग्यास बुलेटएउटा रहेका छन् ।भित्रिएका सामानमा अन्य सबै खाद्यान्ह,लताकपडा, फलफुल, कच्चा पदार्थ लगायतकाछन् । यो नाकामा पनि कुनै अवरोध रहेको छैन। आज पनि नेपालबाट एक दर्जनभन्दा बढीपेट्रोल लिन ट्याङ्करहरु भारत प्रवेश गरेका छन्।यस्तै, बाँकेको रुपेडिया–जमुनाहा नाकाबाटगएरातीसम्म ६१ वटा मालबाहक गाडीहरुनेपाल भित्रिएका छन् । जसमा ३ वटा डिजेलर एउटा एलपिजी ग्यांस रहेका छन् । हिजोयो नाका भएर पेट्रोल बोकेका कुनै पनिगाडी नेपाल आउन सकेन । शनिबार पनि योनाका भएर मालसामान नेपाल भित्रने क्रमजारी छ ।उता, कैलालीको गौरीफन्टा र धनगढीनाकाबाट पनि मालबाहक गाडीहरु नेपालभित्रने क्रम जारी छ ।यो दुई नाका भएर गएरातीसम्म ४० हजारलिटर डिजल र १२ हजार लिटर पेट्रोलभित्रिएकोमा शनिबार १ लाख ३२ हजारलिटर पेट्रोलियम पदार्थ बोकेको गाडीनेपाल भित्रने भंसार कार्यालयले जनाएको छ।त्यस्तै ग्यास बुलेटका २ वटा गाडी समेत नेपालआउंदैछ । अन्य सामाग्री पनि निर्बाध रुपमायो नाका भएर नेपाल भित्रिरहेको छ ।यता, मुलुकको सबैभन्दा ठूलो वीरगन्ज भन्सारनाका भने शनिबार १७ औं दिन हुंदा समेत ठप्परहेको छ ।मधेसी मोर्चाका कार्यकर्ताले रक्सौलनजिकै मितेरी पुलमा धर्ना र अवरोध जारीराखेका कारण यो नाकाबाट कुनै पनिसवारी साधन भित्रिएका छैनन् । त्यसैगरी,अर्को प्रमुख नाका भैरहवाबाट ७ दिनयता कुनैपनि पेट्रोलियम पदार्थका ट्यांकर नेपालभित्रन सकेका छैनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved