Home » » मधेसी मोर्चा भित्रै नेताहरुबीच मारामार, राजेन्द्र महतो भागे वा छाडे ?

मधेसी मोर्चा भित्रै नेताहरुबीच मारामार, राजेन्द्र महतो भागे वा छाडे ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


सोमबार, २५ असोज
काठमाडौं । आफैंले अस्विकार गरेको संविधानको
संक्रमणकालिन व्यवस्था अन्तरगत प्रधानमन्त्री
निर्वाचनमा सहभागिता जनाएपश्चात् आन्दोलनरत
संयुक्त लोकतानित्रक मधेसी मोर्चाका नेताहरुबीच
बाझाबाझ भएको छ ।
प्रधानमन्त्री निर्वाचनमा भाग लिएको विषयलाई
लिएर मोर्चामा फाटो आएको हो । तीनकुनेमा
रहेको संघीय समाजवादी फोरमको कार्यालयमा
बसेको मोर्चाको बैठकमा राजेन्द्र महतो नेतृत्वको
सद्भावना पार्टीले बहिस्कार गरेको थियो ।
सद्भावना महासचिव मनिषकुमार सुमनले आफ्ना
सांसदहरुलाई जबरजस्ती रुपमा मतदान प्रकृयामा
सहभागि गराइएको र मधेस आन्दोलनलाई धोका
दिएको भन्दै बैठक बहिस्कारको निर्णय गरेका थिए ।
उनले आफुहरुले असहमति राखेको संविधानकै आधारमा
भएको निर्वाचनमा सहभागिता जनाइनु महाभुल
भएको बताए । तर, उनकै पार्टीका सहअध्यक्ष
लक्ष्मणलाल कर्णले निकै गर्वका साथ सुशील
कोइरालालाई मतदान दिएको र यो नै आफुहरुको
विजयी सुरुवात भएको प्रतिक्रिया दिएका थिए ।
तराईमै रहेका राजेन्द्र महतोको इशारामा नै उनका
पार्टीका सांसदहरुले मतदान गरेका थिए भने आज
महतोकै इशारामा बैठक बहिस्कार भएको मोर्चाका
एक नेताले बताए । महतोकै कारण मधेस आन्दोलनमाथि
विभिन्न दाग लागेको मोर्चाको ती नेताले बताए ।
प्रधानमन्त्री निर्वाचनमा खरोडौंको चलखेलमा
सांसदहरु किनबेच भएको हल्ला चलीरहेकाबेला
मोर्चामा खटपट भएको हो । मोर्चाका नेताहरुका
बीचमा देखिएको यो विवादले मधेस आन्दोलनको
अस्तित्व समाप्त भएको मधेसमा आन्दोलनरत नागरिक
समाजका अगुवाहरुले बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved