भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– अफ्रिकी यूनियन कमिसनको
एक रिपोर्टअनुसार गृहयुद्धको मार
खेपीरहेको अफ्रिकी देश सुडानमा
मान्छेलाई मान्छेको मासु खाने र रगत
पिउनका लागि बाध्य बनाइरेको खबर छ
। जानकारी रहोस्, यस गृहयुद्धमा
अहिलेसम्म हजारौँ मानिस मारिए र
बिस लाखभन्दा बढी घरबारबिहिन
भएका छन् ।
अफ्रिकी देश सूडानमा डिंका
समुदायको नेतृत्वको सरकार छ र यहाँ
सरकार र नेउर समुदायबिच जातीय संघर्ष
चलिरहेको छ । उक्त हिंस्रक संघर्षको
प्रतिफल त्यहाका स्थानिय
बासिन्दाले भोगिरहेका छन् । एक
अंग्रेजी अखबारका अनुसार युद्धको
समयमा दुवै पक्षबाट हिंस्रक गतिविधिहरु सामुहिक बलात्कार, हिंसा, दुःख दिने काम भएका थिए ।
युद्ध बढ्दै जाँदा दुवै पक्षबाट यस्ता कठोर र हिंस्रक गतिविधी बढ्दै गएको हो । यतिमात्र होइन, युद्धको अवधिमा
मारिएका मान्छेबाट बगिरहेको रगतलाई जिउँदो मान्छेहरुलाई पिउनु र मासु खान बाध्य पारियो ।
रिपोर्टमा भनिएअनुसार, यहाँ बाल–बालिकाहरुलाई आतंकित बनाइरहको छ । सामुहिक बलात्कारजस्ता हिंस्रक
घटनाहरुले त्यहाका आम मानिसको जीवन नराम्ररी तहस–नहस परेको छ । यद्यपी, सरकार र विद्रोही पक्षकाबीचमा धेरै
पटक वार्ता भइसकेको भए पनि हालसम्म सम्झौता हुन सकेको छैन ।

0 comments:
Post a Comment