भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने
कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन्
। उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै
आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई
डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी
र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर
कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी
छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर
ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु
हुन्छ डिप्रेसन ।
राजधानीमा मात्र अहिले कम्तीमा पनि २५ हजार
यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये
३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा
डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता
अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको
दाबी छ ।
अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो
रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी
खर्च गर्छन् । “माहोल नै यस्तो हुन्छ कि जवानी
ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन ।” कमलाले भनिन्
।
खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम
उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी
नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको
हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले
लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन्
।
यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा
कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति
महिला महासंघका अनुसार, अहिले ठूलो संख्यामा
यौनकर्मी डिप्रेसनको सिकार भएका छन् ।
चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने
महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने,
एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ
पर्नेजस्ता लक्षण देखिने गर्छन् ।
यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी
महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना
कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा
एचआईभीको बढी जोखिममा पर्ने सम्भावना समेत
हुन्छ ।
ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र
पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि
बाध्य हुने गरेको ।
विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा
बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका
यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही
संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् ।
साना बालबालिका बोकर लैजानुपर्ने बाध्यता
यौनकर्मी महिलाहरूलाई व्यवसायमा जाँदा
सानासाना बालकसँगै बोकेर लैजाने बाध्यता
अर्कोतर्फ रहेको छ । बालबालिका आफूसँगै लैजाँदा
त्यसको असर उनीहरूको बाल मस्तिष्कमा पर्ने भएकाले
बालबालिका अन्तै राखेर व्यवसायमा जान चाहे
पनि राख्ने उचित स्थानको अभाव रहेको हुन्छ ।
फलस्वरूप, आमाले गर्ने व्यवहार नै बालबालिकाले
सिक्ने डर उनीहरूलाई लागिरहन्छ । यौनकर्मी
महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत
यौनकर्मी महिलाको संस्था जागृति महिला
महासंघका अनुसार काठमाडौंमा मात्र बच्चा बोकेर
यौन व्यवसाय गर्ने महिलाको संख्या एक हजारभन्दा
बढी छ ।
उनीहरूमध्ये अधिकांशका दुईदेखि तीन वच्चा छन् ।
यसरी हेर्दा दुईदेखि अढाइ हजार बच्चाले हरेक दिन
आमासँगै यौनकार्यमा जानु परेको छ । जागृतिकी
कार्यक्रम अधिकृत शान्ति तिवारीका अनुसार
यौनकार्यमा लागेकामध्ये ८० प्रतिशतभन्दा बढी
विवाहित छन् । २४ वर्षमुनिका ७५ प्रतिशत छन् ।
यौनकर्मीका बालबालिका पनि भविष्यका
कर्णाधार हुन् । उनीहरूले पनि पढ्न, लेख्न पाउनुपर्छ ।
अधिकांश यौनकर्मीसगँ नागरिकता छैन ।
नागरिकता नहुँदा बच्चा स्कुल भर्ना हुन पाएका छैनन्
। यौन व्यवसायमा बच्चा बोकेर जाँदा उनीहरूले पनि
त्यही पेसा सिक्ने सम्भावना छ । त्यसैले ती
बालबालिका लागि कम्तीमा पनि पाँच
वर्षमुनिका बच्चा राख्ने ठाउँ व्यवस्था भए हुन्थ्यो ।
बच्चाले राम्रो वातावरणमा बस्न र पढ्न पाउनुपर्छ ।
पाँच वर्षमुनिका बच्चाले जे देख्यो त्यही सिक्छ ।”
– हेल्थटुडेबाट
0 comments:
Post a Comment