Home » » खगेन्द्र संग्रौलालेे मधेश आन्दोलनबारे दिए डरलाग्दो चेतावनी , मधेस अब सिके राउत को हातमा जाने छ

खगेन्द्र संग्रौलालेे मधेश आन्दोलनबारे दिए डरलाग्दो चेतावनी , मधेस अब सिके राउत को हातमा जाने छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


१३ कात्तिक, सप्तरी।
वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौलाले मधेशको
न्यायपूर्ण आन्दोलनलाई गोलीले दबाउने कार्य नरोकिए बाध्य
भएर मधेश डा. सीके राउतको धारमा जानसक्ने संकेत गरेका छन् ।
मधेशी मोर्चा सप्तरीद्वारा राजविराज स्थित सहीद दशन
चौकमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो
आशंका व्यक्त गरेका हुन् ।
मधेशी जनताले जारी राखेको शान्तिपूर्ण आन्दोलनमा राज्यपक्ष
सम्बोधन गर्नुको साटो निहत्था जनताको टाउको र छातीमा
गोली हानेर दबाउने प्रयास गरिरहेको प्रष्ट्याउँदै उनले भने
‘न्यायपूर्ण आन्दोलनलाई गोलीले दबाउने कार्य नरोकिए बाध्य
भएर ‘मरता क्या नही करता’ भन्दै यसपछिको अवस्था डा. सीके
राउतको विचारधारामा जानसक्ने सम्भावना बढेको छ भने। आफू
सीके राउतको मागप्रति समर्थन नगरेको प्रष्ट्याउँदै २ सय ५०
वर्षदेखिको राज्यसत्ताको व्यवहार र शैलीले यस्तो अवस्थाको
सिर्जना गरेको लेखक सङ्ग्रौलाले बताए ।fBojaafi_400x400
मधेशमा यस्तो अवस्था किन सिर्जना भएको हो ? भन्ने विषयमा
राज्यपक्ष हालसम्म गम्भीर बन्न नसकेको भन्दै यसपछिको भयावह
अवस्थाले कसैको हित नगर्ने उनले बताए ।
मधेशमा विभेद उत्पीडनको श्रंखलालाई अन्त्य गरी समानताको हक मधेशले खोजिरहेको चर्चा गर्दै उनले भने ‘विभेदका
स्वरहरुलाई खस शासकहरुले दबाएर आफ्नो शासन सत्ता कायम गर्न खोजिरहेको छ, यति लामो आन्दोलन भइरहेको छ तर
राज्यले अझैं बेवास्ता गरिरहेको छ । तराई मधेशमा सदियौंदेखि बसोबास गर्दैआएका थारु र मधेशीहरु अत्यधिक पीडित
रहँदैआएकोले त्यही विभेदका स्वरहरु यतिबेला मुखरित भएको उनले बताए ।
लामो समयसम्म शान्तिपूर्ण आन्दोलन नचल्ने भए पनि मधेश आन्दोलन सफल हुनुमा आममधेशी र थारु समुदायको भावना
जोडिएको लेखक सङ्ग्रौलाले प्रष्ट्याए । देशमा संविधान जारी गरेर खस शासक प्रवृतीहरुले खुशीयाली मनाइरहँदा
मधेशमा संविधान जलाइनुका साथै कालो दिवस मनाएको प्रसङ्ग कोट्याउँदै उनले भने ‘मधेशी, थारु, दलित, आदीवासी,
जनजाती लगायतका समुदायको हक अधिकार वर्तमान संविधानले सम्बोधन नगरेपछि बाध्य आन्दोलन भएको हो ।’ जारी
आन्दोलनलाई शासकवर्गले हेर्ने दृष्टिकोणबाटै काठमाण्डौका मिडियाहरु ग्रसित रहेको उनले बताए ।
आन्दोलन किन भएको हो ? यसबारे वास्तविक तथ्य कुरो नखोजी आन्दोलनलाई नै बदनाम गर्ने नियतले समाचार तथा
सूचनाहरु सम्प्रेषण गरिरहेको उनले प्रष्ट्याए । ‘मधेशका आन्दोलनलाई बदनाम गर्ने नियतले समाचारहरु प्रकाशन प्रशारण
भईरहेको छ’ लेखक सङ्ग्रौलाले भने ‘बौद्धिक समुदाय पनि चुप छन् भने मिडियाहरुले भ्रम छरिरहेको छ, मधेश आन्दोलन
दिल्लीको आदेशमा भईरहेको भनेर दुष्प्रचार भइरहेको छ तर विभेद त दिल्लीले गरेको होइन नि ?
सभामा बोल्दै साहित्यकार एवम् लेखक युग पाठकले मधेश आन्दोलन विभेद विरुद्धको आन्दोलन भएको राज्यपक्षले तत्काल
सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । मधेशमा विभेद विरुद्धको आन्दोलन रघुनाथ ठाकुर, रामराजा प्रसाद सिंह,
गजेन्द्रनारायण सिंहजस्ता सपूतहरुले थालेको चर्चा गर्दै उनले भने ‘सप्तरी जिल्ला मधेश आन्दोलनको उद्गम भूमी हो, शोषित
उत्पीडित एवम् विभेदमा पारिएका समुदायको माग तत्काल सम्बोधन गर्नुपर्दछ ।’ नयाँ नेपाल बनाउन चाहने आवाजहरुको
सम्मान हुनुपर्नेमा जोड दिँदै विभेद एवम् उत्पीडन विरुद्ध आफूहरु कलम चलाउन पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सभामा लेखक रामरिझन तराई मधेश
सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, किसान मञ्चका महासचिव अमरकान्त झा, युवा विद्यार्थी
मोर्चाका सह–संयोजक तारकेश्वर यादव, राजनीतिकर्मी उमेश प्रसाद साह ‘कमाण्डौ’, नरेश यादव, विनोद कुमार मण्डल
भूपेन्द्र यादव, तुफान मधेशी, पञ्चदेव यादव, रामकिसुन यादव, मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादवलगायतले
मन्तव्य व्यक्त गरेका थिए। श्रोत नेपाल हेडलाइन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved