Home » » ‘राज्यलक्ष्मी गोल्छाले भारतको इशारामा एमाले नेतामाथि आक्षेप लगाइन्’,झुटो आक्षेप लाउने गोच्छालाई कारवाही गर्ने चेतावनी

‘राज्यलक्ष्मी गोल्छाले भारतको इशारामा एमाले नेतामाथि आक्षेप लगाइन्’,झुटो आक्षेप लाउने गोच्छालाई कारवाही गर्ने चेतावनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापा, १४ कात्तिक । युवा संघका उपाध्यक्ष
गोबिन्द थापासहित पार्टीका
शीर्ष नेताहरुलाई बद्नाम गराउने उद्देश्यले भारतीय
इशारामा एमाले सांसद राज्यलक्ष्मी गोल्छाले
एमाले नेताहरुले करोडौ लिएको आरोप लगाएको
दाबी गरिएको छ ।
युवा संघ झापा क्षेत्र नं. ७ ले उक्त दाबी गर्दै
त्यसको प्रमाण पेस गर्न गोल्छालाई चुनौती समेत
दिएको छ । थापाको गृह नगर दमकमा पत्रकार
सम्मेलन गरेर युवा संघको क्षेत्रीय समितिले
भारतीय इशारामा आक्षेप नलगाउन र प्रमाण पेस
गर्न चुनौति दिएको हो ।
भारतले एकपछि अर्को असफता बहोरेको र केहि
नलागेपछि गोल्छालाई प्रयोग गरेर राष्ट्रपति
बिद्यादेवी भण्डारीको प्रतिष्ठामा आँच आउने
गरी आपेक्ष लगाउन खोजिएकाले यसलाई युवा संघले
सहेर नबस्ने भन्दै तत्काल पैसा लिएको प्रमाण पेस
गर्न युवा संघले माग गरेको हो ।
ब्यक्तिगत नाममा कसैले पैसा लिएको भए त्यो
पार्टीले पनि छानबिन गर्नु पर्ने माग राख्दै
यसप्रकारको हर्कत गर्ने गोल्छालाई कार्वाही
गर्न माग पनि गरिएको छ ।
पत्रकार सम्मेलनमा यवा संघका बिदेश बिभागका
सदस्य शम्भु भण्डारीले गोल्छा भारतीय भएकाले
भारतीय इशारामा यस्तो काम गरेको आरोप
लगाए । उनले गोल्छाले पैसा लिएको प्रमाण पेस
गरेमामात्र उन्मुक्ति पाउने बताउदै अन्यथा युवा
संघले यस्तो हर्कत सहेर नबस्ने जनाए । उनले भने–
‘ब्यक्तिगत रुपमा युवा संघका वा पार्टीका कसैले
रकम लिएको भए त्यो सार्वजनिक गर्नुपर्छ अन्यथा
यसरी बद्नाम गराउने कार्य सहन सकिदैन ।’ गोल्छा
भारतको पश्चिम बंगालका पूर्व मूख्यमन्त्रीकी
छोरी हुन् । नेपाली व्यापारी महेन्द्र गाल्छासँग
विहे गरेर उनी नेपाली बनेकी थिईन् ।
युवा संघ मेची अञ्चल सदस्य प्रकाश नेपालले
नियोजित रुपमा बद्नाम गराउन खोज्ने कार्य
गोल्छाले गरेकाले रकम लिएको प्रमाण भए
सार्वजनिक गर्न आग्रह गरे । उनले यस घटनाको
बिषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई
कार्वाही गरिदा आफूहरुलाई आपत्ती नहुने भन्दै
हचुवाको भरमा आफ्ना नेताहरुलाई लगाईएको
आरोपको पुष्टि नभए गोल्छाले कार्वाही भोग्नु
पर्ने जनाए ।
उनले नियोजित रुपमा पार्टीलाई बद्नाम गराउन
खोजिएकाले गोल्छामाथि कार्वाही हुनुपर्ने
माग राखेका छन् । युवा संघ झापा क्षेत्र नं. ७ का
उपाध्यक्ष राजकुमार थापाले पार्टीले सासदबाट
राजिनामा दिन भनेपछि पार्टीलाई बद्नाम
गराउनका लागि गोल्छाले जथाभावी बोल्दै
हिडेको भन्दै यस्तो हर्कत नदोरयाउन भन्दै लिएको
भए प्रमाण पेस गर्न भनेका छन् । उनले थापालाई
ब्याक्तिगत रुपमा रकम लिएको भनेर युवा संघलाई
बद्नाम गराउन खोजेको भन्दै गोल्छालाई प्रमाण
पेस गर्न माग गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved