भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १२ कात्तिक । नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा
बसेर नाकाबन्दी लगाइ जनालाई सास्ती दिइरहेको संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चा र सरकारवीच आज पनि वार्ता हुँदैछ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज हुने वार्तामा मधेसी मोर्चाले अघि
सारेका मागका विषयमा छलफल हुनेछ ।
सरकारले मोर्चाका मागलाई आयोग बनाएर क्रमशः पूरा गर्दै जानुपर्ने प्रस्ताव
राख्दै आएको छ । तर मधेसी मोर्चाले सरकारको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै
आएको छ ।
मधेसी मोर्चाले तराईका सबै जिल्लाहरू समेटेर दुई प्रदेश बनाउनु पर्ने, जनसंख्याका
आधारमा निर्वाचन क्षेत्र बनाइनु पर्ने, नागरिकतालगायतका माग राखेर
आन्दोलन गर्दै आएको छ । मधेसी मोर्चाका केही माग राष्ट्रियता विरोधी
रहेको भन्दै आलोचना पनि हुने गरेको छ ।
मधेसी मोर्चाको मागका विषयमा सरकार र प्रमुख विपक्षी दल नेपाली कांग्रेस
पूरा गर्ने विषयमा सकारात्मक छन् । तर नाकाबन्दीको कार्यक्रम फिर्ता लिन
गरेको सरकार र कांग्रेसलगायतकाको आग्रहलाई मधेसी मोर्चाले मान्ने गरेको छैन
।
सरकारले वार्ताको वातावरण बनाउन विभिन्न निर्णय गरे पनि मधेसी मोर्चाले
वार्ताका लागि आवश्यक पर्ने वातावरण भने नबनाएको आरोप छ ।
वार्ताको वातावरण बनाउन मधेसी मोर्चाले पनि नाकाबन्दीसहितका आफ्ना
कार्यक्रममा हेरफेर गर्नुपर्ने दवाव छ । वार्ता दिउँसो एक बजे हुने कार्यक्रम छ ।
0 comments:
Post a Comment