भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१२ कात्तिक, काठमाडौं ।
नेपाल र चीनवीच इन्धन खरीदविक्रीसम्बन्धी
समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको संकट
चुलिएका बेला चीनसँग खरीद सम्झौता हुनुले इन्धनमा
इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोडिएको
छ ।
चीनबाट इन्धन खरीदका लागि वार्ता गर्न गएको
नेपाली टोली र त्यहाँको सरकारी टोलीबीच
समझदारीपत्र एमओयुमा हस्ताक्षर भएपछि भरतीय
मिडियामा तिव्र प्रतिक्रिया देखिएको छ ।
नेपालले भारतसँगको ४० वर्षे सम्बन्ध तोड्दै चीनसँग
सम्झौता गरेको समाचारले सञ्चार माध्यममा
प्रधानता पाएका छन् ।
चीनबाट नेपालमा पेट्रोल, डिजेल र अन्य पेट्रोलियम
पदार्थ आयातका लागि नेपाल आयल निगम र
चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन–पेट्रो
चाइनावीच समझदारीपत्रमा हस्ताक्षर भएपछि
चीनले नेपालको इन्धन आपुर्तिमा भारतसँगको
एकाधिकार तोडेको भन्दै भारतीय मिडियामा
हेडलाइन बनेका छन् ।
भारतले नाकाबन्दी लगाएको भन्ने आरोपको खण्डन
गरिरहेको भन्दै समाचारहरुमा चीनले भारतलाई
सान्त्वना दिएको समेत समाचार लेखेका छन् ।
नेपालले पहिलो पटक चीनबाट इन्धन ल्याउन लागेको
र भारतले आपुर्ति रोकेपछि नेपालमा हाहाकार
भएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
चीनले भारतलाई सान्त्वना दियो
चीनले नेपाललाई इन्धन दिने सम्झौता गरेपछि
नेपालमाथि नाकाबन्दी गरिरहेको भारतसँग वार्ता
गर्ने बताएको कुरा पनि भारतीय सञ्चार माध्यमले
हेडलाइन बनाएका छन् ।
नयाँदिल्ली र बेइजिङबीच पर्दापछाडि छलफल गर्ने
सम्बन्धबारे सञ्चार माध्यमसँगको ब्रिफिङका
क्रममा विदेश मन्त्रालयका प्रवक्ता लु काङले
चीनका लागि भारत र नेपाल दुवै मैत्रीपूर्ण छिमेकी
भएकाले क्षेत्रीय स्थायित्व र राज्य–राज्यबीचको
दौंत्यसम्बन्ध कायम राख्न सबै सम्बन्धित सबै देश सँगै
बसेर मित्रतापूर्ण विचारविमर्श गर्नुपर्ने र त्यसबाट
सहमतिमा पुग्न सकिने बताएको समाचार भारतीय
सरकारी सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इण्डियामा
लेखिएको छ ।
0 comments:
Post a Comment