भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ – संविधान निर्माण पछि
आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको
३८ औ प्रधानमन्त्रीमा निर्वाचित भए ।
उनि प्रधानमन्त्री हुन एमाओवादी अध्यक्ष
प्रचण्डको भूमिका विशेष रहयो । तीस दलीय
मोर्चामा मधेसी दलहरुको चर्को अहसमतिका
बीच पनि आन्दोलनका घोषित कार्यक्रम
रोकेर सहमति खोज्ने निर्णय नै संविधान
निर्माण हुने र ओली प्रधानमन्त्री बन्ने आधार
बन्यो ।
प्रधानमन्त्री बनेका ओली यहाँसम्म पुग्न
एकजना महिलाको ठूलो योगदान रहेको छ ।
२०६४ सालमा ओली निकै बिरामी भए । उनका
दुबै मृगौलाले काम गर्न नसक्ने स्थिति देखियो
। डाक्टरहरूले मृगौला फेर्नैपर्ने बताए ।
तर कसले दिने मृगौला ? नजिकका आफन्त, नेता,
कार्यकर्ता र प्रशंसकहरू उनलाई आफ्नो किड्नी
दिन तम्सिएपनि बाहिरबाट लिँदा विवाद
हुन सक्ने देखेपछि परिवारभित्रैबाट किड्नी
खोजी गरियो । तर पत्नी, भाई, परिवारका
आफन्त कसैको पनि नमिलेपछि ओली झनै
चिन्तित भए ।
यो संकटको क्षणमा केपीको बारेमा थाहा
पाएपछि भाइबुहारी अञ्जना घिमिरेले आफूले
मृगैला दिन्छु भनेर श्रीमानलाई भनिन् । भर्खर
२१ वर्ष लागेकी अन्जान नातामा ओलीकी
भाइबुहारी थिइन् भने उमेरले छोरीजस्तै ।
केपीलाई लागेछ, उनी बच्चै छिन् । यो निर्णय
हतारमा गर्नु हुँदैन । तर अन्जानले भने दिन्छु नै
भनेर ढिपी गरेपछि ओलीले ‘त्यसो भए तिम्रो
बुवाआमालाई सोध न ।’ भने ।
उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा
कुरा गरिन् । एमालेको राजनीतिमा रहेका
बुवा ध्रुव घिमिरे र आमा प्रशान्तले नाइँ भनेनन्
। ‘राम्रो मान्छेलाई बचाउनु त राम्रो कुरा
हो, बचाऊ भन्नुभयो’, अन्जानले भनिन्, ‘त्यसले
मेरो आत्मबल झन् बलियो बनाइदियो ।’
रगतसमूह मिलेपछि डाक्टरले फेर्न सकिने कुरा गरे ।
उनीहरु दिल्लीको एपोलो अस्पताल गए ।
त्यहां ओलवीको सफल मृगौला प्रत्यारोपण
भयो । १५ महिनाको छोरा घरमैं छोडेर गएकी
अञ्जना सात दिन अपोलो अस्पतालमा
बसिन् । “त्यसपछि त झन् मेरो खुसीको सीमा
नै थिएन । मलाई देख्नासाथ केपी दाइले
भन्नुभयो– ‘सानै भए पनि तैँले मलाई जिन्दगी
दिइस्, धन्यवाद ।” अञ्जना भन्छिन् ।
मृगौला प्रत्यारोपण भएपछि ओली निकै
भावुक भएको अञ्जना सम्झिन्छिन् । “तेरो
जिद्दीले आखिर मलाई बचाउनै लेखेको रहेछ है’
यतिबेला उहाँका आँखाभरि आँसु देखेँ । उहाँले
दिएको धन्यवाद नै मेरा लागि काफी थियो
। खुसीले म पनि रोइछु । दबाब वा करकापमा
दिनुपरेको भए वातावरण अर्कै हुन्थ्यो होला,
तर मेरो मनले स्वतस्फूर्त रूपमा उहाँलाई बचाउन
आग्रह गरेको थियो । यहाँ कुनै दबाब थिएन,
थियो त केबल आत्मीयता मात्र ।
तर अञ्जनाले मुलुकको एकजना शक्तिशाली
व्यक्तिलाई यति ठूलो सहयोग गरेपनि त्यसको
बदलामा भने केही लिन चाहिनन् । भनौं कि
उनले यसको कल्पना पनि गर्दिनन् । उनीह
काठमाडौंको गुह्येश्वरीको पारि किनारमा
एउटा सामान्य घरमा भाडाको कोठामा
बस्छिन् । उनका श्रीमान् साथीको सहकारी
र होलसेल किराना पसलमा मार्केटिङ गरेर
परिवार पाल्दै आएका छन् ।उनले मदन भण्डारी
स्कुलमा केही समय पढाइन् । अन्नपूर्ण पोस्ट्
दैनिकमा केही महिना काम गरिन् । किराना
पसल चलाइन् । अहिले भने उनको नसा च्यापिने
समस्याले काम छोडेकी छन् । सामान्य
घरायसी जीवन बिताइरहेकी छिन् ।
थाहा पाउनेहरू सोध्छन्– ‘आफ्नो मान्छे त्यति
ठूलो नेता हुँदा पनि किन जागिरका लागि
नभनेको ?’ तर, म उहाँकी बुहारी भनेर चिनाउँदै
हिँड्दिनँ । उहाँको परिवारको सदस्य हुन
पाएकी छु, यति नै काफी लाग्छ । आफ्नो
सानैदेखिको आदर्श व्यक्तित्वले जीवनभर सम्झने
एउटा पात्र बन्न पाउनुभन्दा ठूलो सौभाग्य अरू
के होला र ? संघर्ष त आखिर सबैले गर्नुपर्छ नै ।
उहाँको दायित्व राष्ट्रप्रति बढी छ । ओलीले
भने उनको बारेमा बेलाबखत सोधिरहन्छन् ।
फेरि उहाँको स्वभाव पनि अरू नेताको जस्तो
छैन, पद वा अवसरको दुरुपयोग गरी नातेदारलाई
पोसौं भन्ने । नातावादलाई प्राथमिकता
नदिने त्यही बानीका कारण त उहाँ मेरो
आदर्श पात्र हो । मलाई नपुग्दो पनि के छ र,
खान–लाउन पुगेकै छ । मेहनत त गर्नुपरिहाल्यो
नि १ जिन्दगीमा धेरै महत्त्वाकांक्षा
राख्नुहुन्न भन्ने मान्यता राख्छु । दाइको पावर
उपयोग गरेर फाइदा लिऊँ भन्ने सोच मेरा
पतिको पनि छैन, नहोस् पनि ।
अञ्जनाको एउटै धोको छ आसा छ , धेरै
नेतालाई प्रधानमन्त्रीका रूपमा हेरियो,
चाहेर पनि देशका समस्या समाधान गर्न सकेनन्
। प्रधानमन्त्रीका रूपमा उहाँको
प्रभावशालीताको मूल्यांकन गर्न मन छ मलाई
। म विश्वस्त पनि छु– उहाँ प्रधानमन्त्री
हुनुभयो अब पक्कै पनि देशमा अहिलेजस्तो
अन्योल रहनेछैन ।”न्युज चौतारीबाट

0 comments:
Post a Comment