भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले
सभामुख पदमा बस्नका लागि प्रचण्डले राखेको
प्रस्ताव अस्वीकार गरेका छन् ।
पार्टीमा बाबुराम पक्षीय नेताको चित्त बुझाउन
कठिन हुने देखेपछि प्रचण्डले महरालाई सभामुख पद लिन
आग्रह गरेका थिए । तर महराले भने आफू सभामुख जस्तो
निस्क्रिय पदमा बसेर काम गर्न इच्छुक नरहेको भन्दै
पार्टीबाट सरकारमा नेतृत्व गर्ने गरी उपप्रधान तथा
गृहमा जाने इच्छा प्रकट गरेका छन् ।
महरा निकट उच्चश्रोतले हेडलाइन्सलाई दिएको
जानकारी अनुसार महरालाई गृहमन्त्रीमा जानबाट
रोक्नका लागि पार्टीभित्रै उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले लविङ
गरिरहेका छन् । महरालाई गृहमन्त्री दिँदा बाबुराम
पक्ष भड्किने भन्नेकुरालाई नारा बनाएर उनलाई
रोक्न खोजिएपनि पार्टीभित्र र बाहिर भने महरा
नै गृहमन्त्रीका उत्तम उम्मेदवार रहेको भनेर उनलाई नै
पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्न दिनु पर्ने
तर्क भैरहेको छ ।
यस अघि नै उपप्रधान तथा गृहमन्त्री भैसकेका
महरालाई हाल सम्मकै सक्षम र सफल गृहमन्त्री बनेर
प्रशंसा गर्नेहरु धेरैछन् । तर पार्टी भित्रैबाट भने
उनीविरुद्ध षडयन्त्र भैरहेको प्रचण्ड निकट एक नेताले
जानकारी दिए । अध्यक्ष प्रचण्ड पनि महराकै
नेतृत्वमा सरकारमा सामेल हुने पक्षमा रहेपनि पार्टी
भित्रको दवावका कारण धर्मसंकटमा परेको उनको
भनाइ छ ।
महरालाई नपठाएर बाबुराम निकट मानिने
टोपबहादुर रायमाझीलाई सरकारमा पार्टीको
नेतृत्व गरेर पठाउनु पर्ने भन्दै वर्षमान पुन लगायतका
नेताहरु महराको विरुद्धमा लागेपछि प्रचण्डलाई
निर्णय गर्न कठिन भएको बताइएको छ । त्यसैकारण
प्रचण्डले महरालाई सभामुख स्वीकार गर्न भने पनि
महराले भने त्यसलाई अस्वीकार गरिदिएका छन् ।
महरापक्षीय नेता तथा कार्यकर्ताहरुले पार्टीको
शाख जोगाउन र सरकारमा प्रभावकारी
उपस्थितिका लागि महराको विकल्प नभएको भन्दै
अध्यक्ष प्रचण्डलाई महराको नेतृत्वमा सरकारमा
पठाउनु पर्ने दवाव दिएका छन् ।
महरा अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वापात्र र
पाका नेता मानिन्छन् । कतिपयले महरालाई
प्रचण्डका एकमात्र उत्तराधिकारी समेत भन्ने गरेका
छन् । कम बोल्ने र दिएको जिम्मेवारी पुरा गर्ने
नेताकोरुपमा रहेका महरालाई सरकारमा पार्टीको
नेतृत्व गरेर पठाउनबाट अध्यक्ष प्रचण्डलाई रोक्नका
लागि भारतीय लविमा रहेका केही नेता समेत
सक्रिय रहेको भित्री श्रोतले बताएको । महरालाई
गृहमन्त्री बन्न नदिनका लागि अहिले लागिपरेका
एक नेताले केही दिन अघि मात्र र्याडिसन होटलमा
भारतीय गुप्तचर संस्था रअ का पूर्वप्रमुखसँग भेटवार्ता
समेत गरेको उक्त श्रोतको भनाइ छ ।
यस अघि पार्टीमा हेटौंडा महाधिवेशनबाटै
महासचिव बन्ने समयमा पनि महरा पार्टीभित्रैबाट
षडयन्त्रको शिकार भएको एमाओवादी नेताहरु
बताउँछन् । महाधिवेशनस्थलमै महराको पक्षमा
महासचिव बनाउनका लागि प्रतिनिधीहरुले नारा
लगाएपनि उनीविरुद्ध लविङ भएपछि महासचिवको
पदमा स्वर्गीय पोष्टबहादुर बोगटीलाई राखेर
प्रचण्डले महाधिवेशन टुङ्ग्याएका थिए । पछि मात्र
महराले महासचिवको जिम्मेवारी पाएका थिए ।
महरालाई महासचिव पदमा जानबाट रोक्नका
लागि प्रयास गरेका भनिएका वर्षमान पुन कहिले
बाबुराम त कहिले प्रचण्डको गुटमा रहेर पदीय लाभ
लिन खप्पिस नेता मानिन्छन् । अहिले महरालाई
गृहमन्त्रीमा जानबाट रोक्न उनी पनि खुलेरै लागेको
श्रोतले बताएको छ ।
महरालाई प्रस्ताव गरिएको सभामुख पदमा समेत
वर्षमान पुनले उपसभामुख रहेकी आफ्नी पत्नि ओनसरी
घर्तीलाई उम्मेदवार बनाउनु पर्ने भनेर लाजिम्पाटमा
झगडा गरेको बैठकमा सहभागी एक नेताले बताए । तर
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सभामुखका
लागि गिरीराज मणि पोखरेलको नाम अघि
सारेका छन् ।

0 comments:
Post a Comment