भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सर्वसाधारणमाथि धारिलो हतियारबाट आक्रमण
रुपन्देही, २० असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोको निर्देशनमा नाका अवरोध गर्न आएका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् ।
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा धर्ना दिन आएका मधेसी मोर्चाका कार्यकर्ताले हटाउन खोज्दा प्रहरीमाथि आक्रमण गरेका हुन् । उनीहरुले प्रहरीमाथि ढुंगा मुढा वर्षाएका छन् भने स्थानीयबासीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् ।
मोर्चाका कार्यकर्ताको आक्रमणबाट इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी महेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक यनबहादुर कुँवर, हवल्दार गजेन्द्र विष्टसहित १५ जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले हटाउन खोज्दा भएको झडपमा मोर्चाका कार्यकर्ताले रुपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीस्थित सुकुम्बारी बस्तीका कृष्णबहादुर क्षेत्रीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । उनको हातका औंला काटिएका छन् । उनी गम्भीर घाइते अवस्थामा दशगजा क्षेत्रमा भेटिएका थिए । उनलाई नेपाल प्रहरीले उद्धार गरेर उपचारका लागि भीम अस्पतालमा पुर्याएको छ ।
0 comments:
Post a Comment