भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१३ कात्तिक, काठमाडौं । जलविद्युत आयोजना र
प्रसारण सहकार्य गर्न चीले नेपालसँग विद्युत व्यापार
सम्झौता (पीटीए) का लागि समझदारी पत्रमा
हस्ताक्ष गर्ने प्रस्ताव अघि सारेको छ ।
भारतले अघोषित नाकाबन्दी सुरु गरेसँगै चीनले दुई
देशबीच सुरुमा समझदारीपत्रमा हस्ताक्षर गरी
सम्झौता प्रक्रिया अघि बढाउने मनशाय व्यक्त गर्दै
असोज ११ गते नै लिखित पत्रचार गरेको खुलेको
नागरिक दैनिकमा खबर छ ।
चिनियाँ जलस्रोत मन्त्रालयअन्तर्गतको ‘हान्जाउ
रिजनल सेन्टर’ले आयोजना निर्माणदेखि प्रविधि
हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्न इच्छा
देखाउँदै विद्युत प्राधिकरणलाई पत्र पठाएको छ ।
प्राधिकरण ऐन अनुसार यस्तो समझदारी कानुनी
रुपमा उसले गर्न नमिल्ने हुँदा त्यो पत्र उर्जा
मन्त्रालयमा पठाएर त्यहीबाट थप प्रक्रिया सुरु
गरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए
0 comments:
Post a Comment