Home » » भारतलाई दिन लागेको फास्टट्रयाक योजना बाहिर ल्याएको भन्दै मुख्यसचिवलाई कारवाही !

भारतलाई दिन लागेको फास्टट्रयाक योजना बाहिर ल्याएको भन्दै मुख्यसचिवलाई कारवाही !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मन्त्रिपरिषद् बैठकमा कांग्रेस र एमालेका मन्त्रीबीच
भनाभन

काठमाडौं, २२ असोज । भारतीय कम्पनीसँग
सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–
मधेस द्रुतमार्ग(फास्टट्रयाक) योजनाको सूचना
चुहाएको भन्दै सरकारका मुख्यसचिव सोमलाल
सुवेदीलाई कारवाही प्रस्ताव गरिएको छ ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलयन्ध्र
निधीले आफूले भारतीय कम्पनीलाई योजनाको
ठेक्का दिन लागेको कुरा सार्वजनिक गरेपछि
मुख्यसचिव सुवेदीलाई कारवाही गर्न मन्त्रिपरिषद्
बैठकमा प्रस्ताव गरेका छन् ।
विहीबार विहान ८ बजेदेखि बसेको बैठकमा मन्त्री
निधीले सरकारी सूचना चुहाएर योजना भारतलाई
दिनबाट रोकेको भन्दै कारवाही प्रस्ताव गरेको
बालुवाटार स्रोतले जनाएको छ ।
झण्डै चार घण्टा बसेको बैठकमा सत्ता साझेदार दल
नेकपा एमालेका मन्त्रीहरुले विरोध गरेपछि मन्त्री
निधीको प्रस्ताव क्याविनेटले अस्वीकार गरेको छ ।
यो प्रस्तावमा छलफल हुँदा कांग्रेस र एमालेका
मन्त्रीबीच भनाभन समेत भएको स्रोतको दाबी छ ।
अन्तिममा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री
निधीको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकार गरेको
घोषणा गरेका थिए । मन्त्रिपरिषदको आजको बैठक
यो सरकारे अन्तिम बैठक थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved