Home » » भारतले नाकाबन्दी लगाउँदा किन चुप छन् ज्ञानेन्द्र

भारतले नाकाबन्दी लगाउँदा किन चुप छन् ज्ञानेन्द्र

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलबीच
भारतमा १२ बुँदे समझदारी भएपछि ज्ञानेन्द्र
सरकारका गृहमन्त्री रहेका कमल थापाले टिप्पणी
गर्दै भनेका थिए ‘विदेशी शक्तिको आडमा
अप्राकृतिक गठबन्धन बनेको छ । यो गठबन्धन टिक्दैन ।’
त्यही गठबन्धन जव जनआन्दोलन र जनयुद्धलाई सहकार्य
गराउन सफल भयो देशमा आँधीवेरी सहितको
आन्दोलन भयो र कमल थापा रहेको सरकार मात्र
होइन उनका कार्यकारी प्रमुख ज्ञानेन्द्रलाई समेत
नारायणहिटी फर्काइदियो ।
भारत र चीनसँग ज्ञानेन्द्रको खेल, कमल
थापा र ज्ञानेन्द्र सँगै दिल्लीमा
संविधानसभाको चुनाव भएर पहिलो बैठकपछि
गणतन्त्रको घोषणा भएपछि तिनै कमल थापाले भने
विदेशी शक्तिको इसारामा राजतन्त्र फालियो ।
राजतन्त्र राष्ट्रवादी भएका कारण विदेशीहरुले
विस्थापित गरेको कमल थापाको दावी थियो ।
राजतन्त्र विस्थापित भएर ज्ञानेन्द्र नागरिक बनेको
१ दशक पुग्ने तरखरमा छ तर त्यही राष्ट्रवादी बनेको
राजतन्त्र फर्काउन तत्कालीन हिन्दु राजा
ज्ञानेन्द्रले विदेशी शक्ति गुहारिरहेको चर्चा चल्ने
गरेका छन् ।
हिन्दुका कट्टर समर्थक रहेका नरेन्द्र मोदी भारतको
प्रधानमन्त्री बनेपछि नेपालमा हिन्दु राष्ट्र
फर्काउन सहज हुने दावी गरेका कमल थापा त के उनले
विश्वास गरेका मोदी नै यतिबेला हिन्दु राज्य
नभएपछि कुण्ठित हुन पुगेका छन् । राजालाई
राष्ट्रिय एकता र स्वाधिनताको प्रतिककोरुपमा
स्थापित गर्न तल्लिन कमल थापा समेत यो विषयमा
बोल्न मन पराउँदैनन् ।
हिन्दु राष्ट्र नभएपछि रिसाएका भनिएका
मोदीका केही मन्त्रीसँग हालै मात्र गोप्य वार्ता
गरिएका भनिएका ज्ञानेन्द्र मोदी सरकारले
नाकाबन्दी गरेर देश ठप्प पारिदिँदा भने चुपचाप छन्
। नेताहरुलाई तर्साउने गरि समय समयमा अभिब्यक्ति
दिने ज्ञानेन्द्र नाकाबन्दी विरुद्ध किन बोलेनन् त ?
ज्ञानेन्द्र चुप लाग्नुको रहस्य
स्वदेशमा कुनै पनि असन्तुष्टीको फाइदा लिने र हिन्दु
राज्य हुँदै राजतन्त्र फर्काउने दाउ असफल भएपछि
ज्ञानेन्द्रले अव फरक दाउ खोज्दैछन् । उनी विदेशी
शक्तिको सहयोगमा कुनै न कुनैरुपमा शक्तिमा फर्किन
चाहन्छन् । तर यो कुरा अहिले सफल हुने सम्भावना
देखिएको छैन । दक्षिणमा कट्टर हिन्दुबादी
पार्टीका हिन्दुबादी प्रधानमन्त्री बनेको समयमा
आफ्नो अभिष्ठ पुरा हुने केही आशा गरेका ज्ञानेद्रले
यसलाई विभिन्न माध्यमबाट प्रयोग गर्न सक्छन् ।
ज्ञानेन्द्रको बुझाइ के हो भने- भारतको बर्तमान
मोदी सरकारको जतिको अनुकुल सरकार अर्को सम्भव
छैन । मोदी सरकार आफ्ना स्वार्थ पुर्ति हुने शर्तमा
भाजपा हिन्दु राष्ट्र मात्र होइन परिआए
राजसस्था बोक्न पनि तयार हुन सक्छ भन्ने
ज्ञानेन्द्रको बुझाइ रहेको उनलाई नजिकबाट चिन्नेहरु
बताउँछन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved