भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १२ कात्तिक– नयाँ संविधान जारी भएसँगै
एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति
निर्माणको कसरतमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम
भट्टराईले व्यक्तिगत जीवन यापनका निम्ति श्रीमती
हिसिला यमी र आफू दुवैले विश्वविद्यालयमा
प्राध्यापन गर्ने बताएका छन् ।
बीबीसी नेपाली सेवाको नेपाल सन्दर्भ कार्यक्रमका
लागि बुधबार राति रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले
विश्वविद्यालय मा पढाउने वा ‘साथीभाइ’ का
कन्सल्टेन्सीमा केही समय काम गर्ने बताएका हुन् ।
आफू र श्रमती यमी दुवै ‘आर्किटेक्ट प्लानर’ भएकाले आफ्नो
पेट पाल्न समस्या नरहेको उनको भनाइ थियो ।
‘म आफैं र हिसिला यमी दुवैजना आर्किटेक्ट प्लानर हौं ।
हामीले यवसाय गरेर नै आफ्नो नीवन सम्माननजनक ढंगले
पाल्न सक्छौं’, भट्टराईले भने, ‘विभिन्न साथहीभाइका
कन्सल्ट्यान्सीहरु छन् । केही निश्चित समय त्यसमा काम
गर्ने । अथवा कलेज वा युनिभर्सिटीमा प्राध्यापन गर्न
हिसिला जीले पनि सक्नुहुन्छ मैले पनि सक्छु ।’
भट्टराईले पारिवारिक खर्चका लागि छोरी मानुषीले
गाउँमा बाख्रा पालनको तयारी गरिरहेको समेत बताए
।
आफ्नो पेट पाल्न श्रमबाट आर्जन गरे पनि अफिस सञ्चालन
र लजिस्टिकका लागि भने खुला र पारदर्शी ढंगले
सहयोग लिने र प्रविधिको उपयोगमार्फत त्यसलाई
सार्वजनिक गर्ने बताए ।
उनले आफू आम्दानी र खर्च पारदर्शी हुनुपर्ने विचार राख्ने
व्यक्ति भए पनि विगतमा त्यसो गर्न नसकेको स्वीकार
गरे ।
नयाँ शक्ति निर्माणको प्रक्रियासँगै पारदर्शीतालाई
जोड दिने उनको भनाइ छ । ‘विगतमा पार्टी,
साथीभाई र शुभचिन्तकहरुबाट सहयोग हुँदै आएको हो ।
तर ती सबै हामीले सार्वजनिक गर्ने गरेका थिएनौं’,
भट्टराईले भने, ‘नयाँ शक्ति निर्माण गर्ने अभियानसँगै ती
सबै कुरा सार्वजनिक गर्छौं ।’
भट्टराईले पहिलोचोटि गोखरामा निर्वाचन लड्दा ६
लाख खर्च भएको तर दोश्रो पटकको खर्च आफैंलाई थाहा
नभएको भन्दै निर्वाचन आयोगमा बुझाएको विवरण झुठो
भएको समेत स्वीकार गरे ।

0 comments:
Post a Comment