भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२१ असोज, काठमाडौं । ग्यास उद्योगीले खासाबाट
३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास
ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्इ
तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार
भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा
वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको नयाँ
पत्रिका मा खबर छ ।
चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन
नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष
शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले
अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५
हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ
।
घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास
बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी
लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले
सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने
अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५
हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’
0 comments:
Post a Comment