Home » » मधेसी मोर्चाले दश बजे निर्णय गर्ने, कोइरालातर्फ झुकाव

मधेसी मोर्चाले दश बजे निर्णय गर्ने, कोइरालातर्फ झुकाव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले प्रधानमन्त्री निर्वाचनमा कसलाई समर्थन
गर्ने भनेर निर्णय गर्न बैठक बस्दैछ ।
काठमाडौंमा दश बजे बस्ने मोर्चाको बैठकपछि
कसलाई समर्थन गर्ने निर्णय हुने सद्भावना पार्टीका
सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।
उहाँले मोर्चाको निर्णयअघि कुन उम्मेदवारलाई
समर्थन गर्ने भन्ने विषयमा केही बताउन नसकिने उल्लेख
गर्नुभयो ।
कांग्रेसले आफूहरूका माग सम्बोधन गर्न संविधान
संशोधनको प्रस्ताव लगेकाले अलि झुकाब त्यता हुन
सक्ने सहअध्यक्ष कर्णले संकेत गर्नुभयो ।
आज हुने प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष
ओली र कांग्रेस सभापति सुशील कोइराला मैदानमा
छन् । उनीहरूले आफूले प्रधानमन्त्रीमा जित्ने भनेर
दाबी गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved