भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २४ असोज । एमालेका उपाध्यक्ष भीम
रावलले एकीकृत माओवादीसँग शक्ति बाँडफाँटमा कुनै
सहमति नभएको दाबी गर्नुभएको छ । उहाँले
प्रधानमन्त्री निर्वाचन सम्पन्न भएपछि शक्ति
बाँडफाँट हुने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि
धमलासँग कुरागर्दै रावलले प्रधानमन्त्री निर्वाचन
सक्किएपछि पद बाँडफाँट गरिने बताउनुभयो ।
उहाँले एकीकृत माओवादीले राष्ट्रपति र सभामुख पद
नदिने सहमति भएको दाबी गर्नुभयो । ‘पद बाँडफाँट
भएको छैन’, उहाँले भन्नभयो, ‘प्रधानमन्त्री निर्वाचन
सकिएपछि ती पदमा कुराकानी हुन्छन् ।’
स्रोतका अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष
केपी ओलीलाई समर्थन गरेवाफत एमाओवादीलाई
राष्ट्रपति र सभामुख तथा केही महत्वपूर्ण मन्त्रालय
दिने सहमति भएको छ ।
उपाध्यक्ष रावलले एकीकृत माओवादीका सबै सांसदले
ओलीको पक्षमा मतदान गर्ने बताउनुभयो । उहाँले
एमाओवादीका सांसदहरू नेता बाबुराम भट्टराईको
नरहेको बताउनुभयो । ‘एमाओवादीका सभासद
एमाओवादीकै हुन् कसैका होइनन्’, उहाँले भन्नुभयो ।
तपाई मन्त्री बन्ने की नबन्ने भन्ने जिज्ञासामा
उपाध्यक्ष रावलले पार्टीले जिम्मेवारी दिए
स्वीकार गर्ने बताउनुभयो । उहाँले आफू पदको भोको
नरहेको भन्दै जिम्मेवारी पाए लिने बताउनुभयो ।

0 comments:
Post a Comment