भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जनकपुर, १५ कात्तिक । मधेसमा आन्दोलनरत संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाको जनकपुरमा जारी
बैठकमा चीनको बिरोधलाई लिएर विवाद उत्पन्न
भएको छ ।
बैठक स्थलमा संघीय समाजवादी फोरमका वरिष्ठ
नेता अशोक राई छिरेपछि मोर्चाका नेताबीच
चर्काचर्की नै भयो । जनकपुरको स्टार सिटी
होटलमा शनिवार साँझदेखि जारी बैठकको शुरूमै
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको
अधिकांश जिल्लामा चिनको विरोधमा प्रदर्शन
भएको र केही ठाउँमा चीनको झण्डा समेत
जलाईएको प्रकरणमा विरोध गर्दै यस्तो कार्यको
कडा आलोचना समेत गरेको बैठकमा सहभागी एक
नेताले बताएका थिए ।
मोर्चाको बैठकमा चीनको पक्षमा उपेन्द्र यादवले
बोलेपछि मोर्चाका अन्य घटकहरू तमसपाका महेन्द्र
राय यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोले यसको विरोध गरेका थिए ।
नाकाबन्दी असफल पार्न चीनले इन्धन आपूर्ति गर्न
लागेको भन्दै मधेशको अधिकांश जिल्लामा ब्याक
अफ चाईना भन्दै चीनको विरोधमा प्रदर्शन भएको
थियो । चीनले काठमाडौंलाई ईन्धन दिने सहमति
गरेपछि मोर्चामा आबद्ध महन्थ ठाकुर, राजेन्द्र
महतो र महेन्द्र यादवले पत्रकार सम्मेलन गरेरै
चिनियाँ सरकारको विरोध गरेका थिए ।
बिरगंजमा रहेका तीनै नेताले छुट्टाछुट्टै पत्रकार
सम्मेलन गरेर चिनियाँ सरकारको विरोधमा भाषण
गरेका थिए ।
शनिवार साँझ जनकपुरमा सुरू भएको मोर्चाको
बैठकमा अन्य एजेण्डा छोडेर शुरूमै चिनियाँ
विरोधको प्रसंग उठेपछि बैठकमा केही बेर निकै
तनाव भएको थियो । फोरम नेपालका वरिष्ठ नेता
अशोक राईले मोर्चाको तर्फबाट चीनको विरोध
भयो भने आफ्नो पार्टी मोर्चामा नबस्ने चेतावनी
दिएका थिए । राईको कुरामा पार्टी अध्यक्ष
उपेन्द्र यादवले पनि आफ्नो समर्थन जनाएको बैठकमा
सहभागी तमसपाकी रानी शर्माले बताए ।
उपेन्द्र यादव र अशोक राईको कुरामा पहिले महेन्द्र
यादव र पछि राजेन्द्र महतोले विरोध गरेका थिए ।
यी दुबै नेताले मधेशमा चिनियाँ विरोधलाई
स्वाभाविक रूपमा लिन र यस विषयलाई बैठकको
एजेण्डा नबनाउन बारम्बार आग्रह समेत गरेका थिए ।
बैठक पछि महेन्द्र यादवले ुमधेसमा चीनको विरोध
हुनु स्वाभाविक भएको र मधेसी जनताले आफ्नो
आक्रोश व्यक्त गरेको प्रतिक्रिया दिए । तर उपेन्द्र
र अशोक राई नमानेपछि मोर्चाको बैठक शनिवार
बिना औपचारिक एजेण्डामा प्रवेश गरि स्थगित
भएको थियो ।
बैठकमा सहभागी तमलोपा महासचिव जितेन्द्र
सोनलले पनि विरोधको नाममा कुनै देशको झण्डा
जलाउने कार्यको पक्षमा आफ्नो पार्टी नरहेको
स्पष्ट पारेका थिए । बैठकमा तमलोपा पनि फोरम
नेपालको पक्षमा उभिएको सोनलले बताए ।

0 comments:
Post a Comment