Home » » मधेसी मोर्चाको सिमाङ्कन मागले दीर्घकालमा मुलुक विभाजन : रक्षामन्त्री रावल

मधेसी मोर्चाको सिमाङ्कन मागले दीर्घकालमा मुलुक विभाजन : रक्षामन्त्री रावल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २७ कात्तिक । उपप्रधान तथा
रक्षामन्त्री भीम रावलले मिलेर बसेको नेपाली
समाजलाई विभाजन गर्ने उद्देश्यले सिमाङ्कनको
कुरा उठाइएको आरोप लगाउनुभएको छ ।
उहाँले हिमाल, पहाड र तपाईलाई मिलाएर
संघीयता बनाउन नदिइ सामाजिक सद्भाव
भड्काएर आफ्नो चाहना पूरा गर्न चाहने तत्वले
मधेसमा खेलिरहेको दाबी गर्नुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शुक्रबार)
बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै
रक्षामन्त्री रावलले सिमाङ्कनको कुरा उठाएर
दीर्घकालमा मुलुक विभाजन गर्ने तत्वहरू सक्रिय
रहेको बताउनुभयो ।
‘सिमाङ्कन हिमाल, पहाड र तराई मिलाएर
बनाउँदा सामाजिक सद्भाव रहन्छ । संघीयता
हुन्छ’, उहाँले भन्नुभयो, ‘सिमाङ्कनमा विवाद
जिल्लामा होइन । दीर्घकालमा विभाज गर्ने र
सामाजिक सद्भाव विथोल्ने हो । कुरा यहीँ
विग्रिएको छ ।’
मधेसी मोर्चाको सिमाङ्कनको माग र
विषयभित्र विभिन्न अदृश्य चाहन लुकेको
रक्षामन्त्री रावलको आशंका थियो ।
उहाँले मुलुकलाई निकास दिन कुटनीतिक र
राजनीतिक प्रयास भइरहेको बताउनुभयो ।
‘निकासका लागि नयाँ प्रयास गरिरहेका छौँ’,
रक्षामन्त्री रावलले भन्नुभयो, ‘देशभित्रको
आन्तरिक समस्या समाधान गर्ने । त्यसपछि
भूपरिवेष्ठित देशले पाउने अधिकार प्रयोग गरी
आपूर्ति गर्ने गरी प्रयास थालेका छौँ ।’
उपप्रधानमन्त्रीसमेत रहनुभएका राववले
आन्दोलनकारी मधेसी मोर्चासँग वार्ता भइरहेको
पनि बताउनुभयो । ‘निकासका लागि मधेसी
मोर्चासँग बिहीबार पनि कुराकानी भएको छ’,
उहाँले भन्नुभयो, ‘छिट्टै सहमति हुन्छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved