Home » » ‘चाइनाले पेट्रोल दिएपछि रिस थाम्न नसकेर झण्डा जल्यो’

‘चाइनाले पेट्रोल दिएपछि रिस थाम्न नसकेर झण्डा जल्यो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चाका नेता
एवम् सद्भावना पार्टीका महसचिव मनीष सुमनले
चीनले नेपाललाई पेट्रोल दिएपछि रिस थाम्न
नसकेर मधेसी जनताले चाइनाको झण्डा जलाएको
बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि
धमलासँग आज (शुक्रबार) बिहान कुरा गर्दै
महासचिव सुमनले मधेसलाई नेपाल नदेख्ने चाइनिज्
व्यवहारका कारण मधेसी जनता आक्रोशित भएको
आरोप लगाउनुभयो ।
उहाँले मधेसी मोर्चाले चीनको झण्डा नजलाएको
दाबी गर्नुभयो । ‘मधेसी मोर्चाले चीनको झण्डा
जलाएको होइन’, समुनले भन्नुभयो, ‘चीनको झण्डा
जलाएकोमा हामीले बिरोध गरेका छौँ । भर्त्सना
गरेका छौँ । तर झण्डा मधेसी जनताले जनाएका हुन्
।’
‘चाइनालाई मधेससँग सम्बन्ध राखनु नपर्ने,
काठमाडौंसँग मात्रै सम्बन्ध राख्नुपर्ने ?’, सद्भावना
पार्टीका महासचिव सुमनले भन्नुभयो, ‘चाइनाले
पेट्रोल दिएपछि तराईका जनताले आक्रोशमा
झण्डा जलाइएका हुन् ।’
उहाँले चाइनाले काठमाडौंसँग मात्रै सम्बन्ध
राखेको भन्दै चर्को आक्रोश व्यक्त गर्नुभयो ।
‘हाम्रो अधिकारको लडाइँमा चीनलगायत सबै
अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ’, सुमनले
भन्नुभयो ।
तपाईहरू अराष्ट्रिय तत्व हो भन्ने आक्षेप लागेको छ
नी भन्ने जिज्ञासामा महासचिव सुमनले त्यसलाई
ठाडै अस्वीकार गर्नुभयो ।
‘हामी राष्ट्रवादी हौँ । सिमानाको रक्षा
गरेका छौँ । हामी अराष्ट्रिय तत्व होइनौँ ।
राजा जनकका सन्तान हौँ’, महासचिव सुमनले
भन्नुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved