भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
संसारका धेरै देशमा अहिले जनसंख्या वृद्धि नियन्त्रणका
लागि विभिन्न पहलहरु भइरहेका छन् । यौन सम्पर्ककका
लागि परिवार नियोजनाका अनेक साधनका विज्ञापन
सुन्न र देख्न पाइन्छ । जलवायु परिवर्तन र
विश्वव्यापीकरणका कारण जनसंख्या नियन्त्रणका पहल
विश्वभर एकसाथ फैलिरहेका छन् ।
तर, तपाईंलाई अचम्म लाग्न सक्छ विश्वमा यस्ता पनि देश छन्
जहाँ सरकारले नै यौन सम्पर्कका लागि बिदा दिने तयारी
गरेको छ । जनसंख्या कसरी बढउने भन्ने विषयमा चिन्तित
रहेको डेनमार्कमा सरकारले जनसंख्या बढउनका लागि
विभिन्न उपाय अपनाउने क्रममा यौन सम्पर्कका लागि
जनतालाई आग्रह गरेको छ । यौन सम्पर्ककै निम्ति त्यहाँको
सरकारले सरकारी बिदा दिने तयारी समेत गरेको
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनएका छन् ।
सन्तान जन्माउनका निम्ति प्रोत्साहन गर्न सरकारले नै सरकारी विदा दिने तयारी गरेको समाचारमा जनाइएको छ । डेनमार्कका
जोडीलाई यौन सम्पर्क गर्न उत्पे्ररित गर्ने हिसाबले विभिन्न खालका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।
जनसंख्या वृद्धिका निम्ति बनाएका विभिन्न योजना मध्ये सरकारी बिदा एक भएको त्यहाँका एक अधिकारीलाई उद्धृत गर्दै समाचरमा
जनइएको छ । डेनमार्क सरकारले जन्मदर बढाउनका निम्ति विभिन्न सञ्चार माध्ययममा आकर्षक विज्ञापन समेत दिदै आएको छ । पछिल्ला
दिनमा डेनमार्कको जन्मदर घटेर १.७ मा झरेपछि त्यहाँको सरकारले जनसंख्या वृद्धिका लागि त्यहाँका जोडीलाई यौन सम्पर्क गर्न प्रेरित
गर्ने योजन बनाइरहेको जनाइएको छ ।
सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई सन्तान जन्माउनका लागि सरकारले केही समय अघि अपिल समेत गरेको थियो । त्यहाँको
सरकारले देशका निम्ति सन्तान जन्माइदिन सबै जनतासमक्ष अपिल गरेको छ । – एजेन्सीः
0 comments:
Post a Comment