भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दुनियाभरमा कयौं गुप्त अनि रहस्यमय धन अनि वस्तु
छन्, जुन कसलै खोज्न सफल भएका छैनन्। यसो हुँदा हुदै
पनि ती धन खोज्न मानिसको कोसिस कम भएको
छैन। यी धनमा, सुन, चाँदी अनि विभिन्न महंगा वस्तु
पर्दछन्। यस्ता गुप्त अनि रहस्यमय धन भेटेमा छिट्टै
धनी हुने इच्छा लिएर मानिसहरु निरन्तर खोजी
गर्दैछन्। कतिपय कम्पनीहरु पनि यस्ता धन खोज्ने काम
गर्छन्।
यो तस्बिर हो ‘इन्डियाना जोन्स’ फिल्म श्रृखंला
अन्तर्गतको ‘राइडर्स अफ द लस्ट आर्क’ को।
यहाँ चर्चा हुदैछ विश्वकै ५ रहस्यमय धन र धन खोज्ने
कथाको,
एल डोराडो को धन
एल डोराडोको धनको खोजी गर्दा हजारौं
मानिसको ज्यान गइसकेको छ। भनिन्छ कि यो धन
कोलम्बियाको गुआटाविटा तालमा छ। सो
तालको पिँधमा सुन जम्मा भएको बताइन्छ।
सयौँ वर्ष पहिले त्यहाँको चिब्बा आदिवासी
सूर्यको आराधान गर्दा सो तालमा सुन फ्याँक्ने
गर्दथे। कयौं वर्षसम्म जारी यो कामले तालको
पिँधमा सुन जम्मा हुन थाल्यो। प्रथम विश्वयुद्धको
ताका कोलम्बियाका अधिकांश मानिस यो
तालबाट सुन निकाल्न लागि परेका थिए। तर
आजसम्म कसैले त्यहाँबाट सुन निकालेका छैनन्।
काहुएङगा दर्राको धन
यो धनको इतिहास निकै अनौठो छ। सन् १८६४ मा
मेक्सिकोका राष्ट्रपति बेनिटोले आफ्ना केही
सैनिकलाई सुनको साथ सान फ्रान्सिको पठाए। तर
बिच बाटोमा पुगेपछि एक सैनिकको मृत्यु भयो।
बाँकीका तीन सैनिकले त्यो सुन जमिनमै गाडिदिए।
बताइन्छ कि, यस्तो गरिरहँदा डिएगो नामको एक
व्यक्तिले देखे। सैनिक गएपछि डिएगोले त्यो सुनलाई
निकालेर नजिकैको एक डाँडाको टुप्पामा लगि
गाडिदिए। आफ्नो साथीलाई सो बताए पश्चात
सोही रात डिएगोको मृत्यु भयो।
पछि सन् १८८५ मा बास्क शेफर्ड नामक एक व्यक्तिले
सो सुनको केही हिस्सा भेटे। सो हिस्सा भेटपछि
उनी स्पेश तिर लागे, तर जादै गर्दा भेटेको त्यो
सुनपनि समुन्द्रमा डुब्न पुग्यो। अहिलेसम्म कसैले पनि
सो धन हात पार्न सकेका छैनन्।
इङ्का सभ्यताको धन
भनिन्छ कि, जति सुन अमेरिकी बैंकमा छ त्यो भन्दा
बढी इन्का जातीका मानिससंग थियो। जुन
उनीहरुले करिड ४०० वर्ष पहिले स्पेनिश लुटेरा
फ्रान्सिस्को पिजारोबाट बच्न त्यहिकै एक
ज्वालामुखीमा हालिदिएका थिए।
त्यसपश्चात त्यो सुनको खोजीमा निकै मानिसले
ज्यान गुमाइसकेका छन् तर यसको अस्तित्व कसैले थाह
पाउन सकेका छैनन।
चङ्गेज खानको धन
चंङ्गेज खान, मंगोल साम्राज्यका सबैभन्दा प्रसिद्ध
योद्धा थिए। उनले सो समयमा ज्ञात विश्वलाई
जितेका थिए। जब सन् १२२७ मा उनको मृत्यु भयो,
उनसगै अथाह सम्पति कतै गाडियो। तर यो मानिन्छ
कि त्यो धनको खोजीमा जो गयो उ फर्केर आएको
छैन।
लीओन त्रबुको धन
सन् १९३० मा अमेरिका आर्थिक संकटमा चलिरहेको
थियो। अमेरिकी सरकालाई सुनको निकै आवश्यकता
थियो। सुनको मुल्य आकाश छुदै थियो र सोही बखत
मेक्सिकोका खरबपति व्यापारी लीओब त्रबुले न्यु
मेक्सिकोको मरुभुमी माथीबाट कयौँ पटक उडान भरे।
ती व्यापारीले आफ्नो साथीहरु संग मिली अवैध
सुनको भण्डार सोही मरुभुमीमा कतै लुकाएका थिए
जुन लगभग १६ टन थियो।
यी व्यापारी सुनको मुल्य बढ्नासाथ तस्करी गरि
अथाह पैसा कमाउने सोचमा थिए। तब सरकारले एक
नियम पास गर्यो, जसमा भनेको थियो सुनको
निजी मालिक हुने हक अब दिइनै छैन। सो नियमलाई
पछि हटाइयो तर सो बखत सम्म ती व्यापारी र
साथी मरिसकेका थिए। मरुभुमीमा लुकाएको सुन भने
अहिलेसम्म भेटिएको छैन।
0 comments:
Post a Comment