भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुलुकको समस्या चाँडै समाधान हुने विश्वास
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी
शर्मा ओलीले मुलुकको विद्यमान समस्या चाँडै
समाधान हुने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल
क्रान्तिकारी विद्यार्थी सङ्घको आज
सिंहदरबारमा संयुक्त ज्ञापनपत्र बुझ्दै उहाँले सीमा
क्षेत्रमा देखिएका समस्या समाधानका लागि
कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुले भारतसँग सम्बन्ध
बिगार्न नचाहेको तर कुनै पनि दबाब, प्रभावमा
नझुक्ने बताउनुभएको युवा सङ्घका अध्यक्ष उकेश
कवांले भन्नुभयो ।
आठबुँदे सो ज्ञापनपत्रमा भारतको अघोषित
नाकाबन्दीविरुद्ध नेपाल सरकारको अडानलाई थप
दृढतापूर्वक निरन्तरता दिई कुनै पनि अवस्थामा
नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा झुक्न
नहुने, नाकाबन्दीका कारण चुलिएको
कालाबजारी र भ्रष्टाचारको तत्काल नियन्त्रण
गरी उत्तरी नाका खुलाउनका लागि चाँडो पहल
गर्नुपर्नेलगायत रहेका छन् । रासस
0 comments:
Post a Comment