Home » » अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश खतरामा पर्ने: बाबुराम

अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश खतरामा पर्ने: बाबुराम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ र दिल्लीका शासकका कारण देशमा
नाकाबन्दी
हेटौँडा, २३ कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम
भट्टराईले मुलुकका लागि नयाँ शक्ति निर्माण गर्न
लागेको बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरले आज हेटौँडामा
आयोजना गरेको ‘नयाँ शक्ति किन ?’ विषयक
कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकास र
समृद्धिका लागि नयाँ शक्ति निर्माण गर्न लागेको
जानकारी दिनुभयो ।
नयाँ शक्तिको बहसको देश दौडाहाका क्रममा
हेटौँडा आइपुगेका भट्टराईले नयाँ शक्ति २१औँ
शताब्दीको माक्र्सवादमा आधारित हुने बताउनुभयो
। पुरानो शक्ति, पुराना सोचका कारण मुलुक
निर्माण नभएकाले नयाँ शक्तिको आवश्यकता परेको
भट्टराईले उल्लेख गर्नुभयो ।
अहिलेको मुलुकको मागअनुसार नयाँ शक्तिको
आवश्यकता परेको भन्दै आफू पार्टीबाट अलग भएर नयाँ
शक्तिको अभियानमा लागेको जानकारी दिनुभयो

अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश
खतरामा पर्ने भएकाले यसको अभियानमा आफू
लागेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री डा
भट्टराईले काठमाडौँ र दिल्लीका शासकका कारण
सर्वसाधारण नाकाबन्दीको मारमा परेको
बताउनुभयो ।
दुई देशको शासकका कारण सर्वसाधारण मारमा
परेकाले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्ने
उहाँको भनाइ छ । उहाँले भारतको नाकाबन्दी गलत
भएकाले सबैले विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सरकारले तराईमा आन्दोलनरत दलसँग वार्ताको
औपचारिकतामात्र प्रस्तुत गरेको भट्टराईको भनाइ छ

वर्षांैदेखि एक जातिलेमात्र सत्तामा एकाधिकार
कायम गरिरहेकाले तराईमा लामो आन्दोलन चलेको
उहाँको दाबी छ । तराईमा रहेका मधेसी, थारु,
मगरातलगायत जातिकोे समस्या समाधान गर्नु जरुरी
रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “पहाडीया सोच
बनाएकाले गर्दा दुई पक्षबीचको द्वन्द्वलाई झन्
चर्काउने काम भएको छ, यसलाई बन्द गर्नुपर्छ ।” रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved