Home » » भट्टराईका समर्थकले एमाओवादी छाडे, छाड्नेमा को–को ?

भट्टराईका समर्थकले एमाओवादी छाडे, छाड्नेमा को–को ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं – बाबुराम भट्टराईलाई
समर्थन गर्ने नेताहरुले एमाओवादीबाट
आफूहरु अलग भएको घोषणा गरेका छन् ।
भट्टराई निवास सानेपामा सोमबार
दिनभरको बैठकपछि उनीहरुले त्यस्तो
घोषणा गरेका हुन् ।
उनीहरुले मंगलबार एमाओवादी केन्द्रीय
कार्यालयमा आफूहरु सो पार्टीबाट
अलग भएको घोषणासहितको सामूहिक
पत्र बुझाउने निधो गरेका छन् ।
नयाँ शक्ति अभियानका नामबाट
संगठन विस्तार गरेर दुई महिनापछि
मात्रै नयाँ पार्टी घोषणा गर्ने
तयारी गर्न लागिएको नेता कुमार
पौडेलले बताए । ५० जनाभन्दा बढीले
एमाओवादीबाट अलग भएको घोषणा
गर्ने जानकारी पनि पौडेलले दिए ।
भट्टराईलाई समर्थन गर्ने
एमाओवादीका केन्द्रीय सदस्य,
पूर्वकेन्द्रीय सदस्य र सल्लाहाकारहरु
सहभागी बैठकले पुरानो पार्टीबाट
सम्बन्ध विच्छेद गरी नयाँ शक्ति
अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय
गरेको नेता पौडेलले बताए । उनका
अनुसार दुई महिनाभित्रै नयाँ पार्टी
गठन हुनेछ ।
भट्टराईको समर्थनमा रहँदै आएका
नेताहरु देवेन्द्र पौडेल, हिसिला यमी,
नवराज सुवेदी, रामचन्द्र झा, वामदेव
क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर
शाह, गंगा श्रेष्ठ, कुमार पौडेल,
रामरिझन यादव, प्रभु साह, लीलबहादुर
थापा, रामकुमार शर्मा, नन्दन दत्त,
बलावती शर्मा, देवी खड्का , लीला
भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा,
खिमलाल देवकोटा, कल्पना धमला,
देवेन्द्र पराजुली, घनश्याम यादव, उपेन्द्र
साह, चिनक कुर्मी, सुशीला
श्रीपाइली, सोनामसिंह स्याङ्तान,
राजेन्द्र किराँतीलगायतले मंगलबार
एमाओवादी केन्द्रीय कार्यालयमा
संयुक्त रुपमा पार्टीको अनुशासनमा
नबस्ने घोषणासहितको पत्र बुझाउँदैछन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved