Home » » झलनाथका गुरु ७५ वर्षमा उपप्रधानमन्त्री बने....

झलनाथका गुरु ७५ वर्षमा उपप्रधानमन्त्री बने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


महिला मन्त्रालयमा श्रीमान श्रीमतीको
आलोपालो
१९ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी
तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीको
नाम नसुन्ने नेपालीहरु कमै छन् । संसदमा बोल्दा उखान
टुक्का मिसाएर मीठो बोलेका कारणले केसीलाई मन
पराउनेहरुमात्रै छैनन्, मधेसवादी र जनजातिहरुले उनलाई
संघीयता विरोधी ‘आइकन’ रुपमा चिन्ने गरेका छन् ।
राजनीतिमा निरन्तरता रहे एक दिन पालो आउँछ
भनेजस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी ७५ वर्षको
उमेरमा उपप्रधानमन्त्री बन्न सफल भएका छन् । तर,
राजनीतिमा केसीका चेलाहरु भने धेरै वर्ष पहिले नै
मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।
आजभन्दा ७५ वर्षपहिले बाग्लुङमा जन्मेका मन्त्री केसी
सादगी एवं स्वच्छ छविका नेता मानिन्छन् । मन्त्री हुने
दिनसम्म उनी तीन पाङ्रे सार्वजनिक टेम्पो चढेर संसद
आवत-जावत गर्दै आएका छन् । घट्टेकुलोमा सामान्य
डेरामा बस्ने केसीका छोरा तन्दुरी भोजनायलयमा
रोटी पकाउने काम गर्छन् ।
यो पनि पढ्नुहोस् : सक्कली सुकुम्बासी मै हुँ
मन्त्री केसीका दुई छोरा र एक छोरी छन् । विगतमा
बाग्लुङबाट प्रत्यक्ष चुनाव जित्दै आए पनि दोस्रो
संविधानसभामा भने उनी समानुपातिक तर्फबाट
सभासद बनेका हुन् ।
विद्यालयको हेडमास्टरको जागिर छाडेर कम्युनिष्ट
राजनीतिमा लागेका केसीले १९ वर्ष भूमिगत जीवन
बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका
छन् ।
संसदमा ३ सीटको प्रतिनिधित्व गरिरहेको केसीको
दलले सरकारमा सहभागिता जनाएको यो नै पहिलो
हो । यसअघिसम्म जनमोर्चाले सरकारमा सहभागी नहुने
नीति लिँदै आएको थियो ।
बाग्लुङमा प्रधानाध्यापक रहेर राजनीतिमा भाग
लिँदा झलनाथ खनाल केसीका कार्यकर्ता थिए ।
इलामका खनाल जागिर खान विज्ञान र गणितको
शिक्षक बनेर केसीको गृहजिल्ला बाग्लुङ पुगेका थिए ।
खनाल पछि इलाम फर्केर मालेमा लागेका थिए ।
पूर्वप्रधानमन्त्री खनालले अहिले पनि केसीलाई आफ्नो
राजनीतिक गुरु मान्ने गरेका छन् ।
महिला मन्त्रालयमा श्रीमान श्रीमतीको
आलोपालो
यसैवीच महिला तथा वालवालिका मन्त्रालयमा
सीपी मैनालीका पति-पत्नीले आलोपालो गरेका छन्
। सुशील कोइरालाका पालामा नलिम केसी महिला
तथा वालवालिका मन्त्री थिइन् । अहिले नीलमका
पति सीपी मैनालीले उपप्रधानमन्त्री सहित महिला
मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
सीपी मैनाली भने चित्रबहादुर केसीजस्तो नयाँ मन्त्री
होइनन् । झापा आन्दोलनका कमाण्डर रहेका मैनालीले
विगत एमालेको ९ महिने सरकारका बेलामा समेत
मैनालीले स्थानीय विकास र आपूर्ति मन्त्रालयको
जिम्मेवारी सम्हालिसकेका छन् ।
ताप्लेजुङको फुलबारीमा विसं. २००८ सालमा जन्मेका
उपप्रधानमन्त्री मैनालीले १४ महिना जेल जीवन
बिताएका छन् । ०३३ साल चैत १२ गते नख्खु जेल फोरेर
भाग्न सफल भएका मैनालीले ८ वर्ष निर्वासन र १९ वर्ष
भूमिगत जीवन बिताएका छन् ।
वामदेव गौतमसँगै एमाले बिभाजन गराएर नेकपा माले
गठन गरेका मैनाली अहिलेसम्म एमालेमा फर्केका छैनन् ।
उनको दलसँग संसदमा ५ सीट छ । ०४८, ०५१ साल र ०६३
सालमा पनि सांसद रहेका मैनाली पहिलो र दोस्रो
संविधानसभामा समानुपातिक सभासद हुन् ।
नेकपा एमालेमै रहेको भए सिनियर नेताको गणनामा
आउने र प्रधानमन्त्रीको पालोमा पर्न सक्ने मैनाली
सानो गुटमा अल्मलिएका कारण पछि परेका हुन् ।
यद्यपि यसपटक उनी आफूभन्दा जुनियर केपी ओलीको
मन्त्रिमण्डलमा उपप्रधानमन्त्री बन्न सफल बन्न भएका छन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved