Home » » नेपाल र नेपाली नयाँ क्षितिजमा प्रवेशःमलेसिया

नेपाल र नेपाली नयाँ क्षितिजमा प्रवेशःमलेसिया

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा
ओलीलाई मलेसियाका प्रधानमन्त्री दातो सिरी मोहद
नाजिब बिन तुन अब्दुल रजाकले बधाई सन्देशका साथ सफल
कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले संविधानसभाबाट नेपालको संविधान
जारी भएसँगै नेपाल सरकार र नेपाली जनता नयाँ
क्षितिजमा प्रवेश गरेको उल्लेख गर्नुभएको
क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आज जारी
गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सन्देशमा मलेसियाली प्रधानमन्त्रीले मलेसिया र
नेपालबीचको न्यानो एवम् मैत्रीपूर्ण सम्बन्धप्रति खुसी
व्यक्त गर्दै आगामी दिनमा पारस्परिक हितका लागि
आपसमा मिलेर सहयोगका क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड
दिनुभएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved