Home » » अमेरिका र दक्षिण कोरिया उत्तर कोरियाविरुद्ध लड्ने

अमेरिका र दक्षिण कोरिया उत्तर कोरियाविरुद्ध लड्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


कात्तिक १७
सोल- दक्षिण कोरियाली र अमेरिकी
रक्षामन्त्री उत्तर कोरियाका विरुद्धमा
एक भएर अघि बढ्ने बताएका छन् । उनीहरुले
यस विषयमा उत्तर कोरियाका बिरुद्ध
संयुक्त कार्ययोजना ल्याउने पनि
जनाएका छन् ।
सोमबार दक्षिण कोरियामा सम्पन्न दुई
देशबीचको बैठकपछि उहाँहरु सो कार्यका
लागि तयार हुनुभएको हो
दक्षिण कोरिया र अमेरिकाका
रक्षामन्त्रीस्तरीय बैठकमा
सहभागिताका लागि अमेरिकी
रक्षामन्त्री अस्तोन कार्टर आइतबार
दक्षिण कोरिया पुग्नुभएको हो ।
दुई दिनको भ्रमणका लागि त्यहाँ
आउनुभएका कार्टर र दक्षिण कोरियाका
रक्षामन्त्री हान मिन कुबीचमा सो बैठक
भएको थियो ।
सो बैठकमा क्षेत्रीय शान्तिका साथै यी
दुई देशबीचको सम्बन्धका बारेमा पनि
छलफल भएको थियो ।
साथै कोरियाली प्रायद्धीपमा जारी
अशान्तिको अवस्थाका बारेमा पनि सो
सम्मेलनका क्रममा छलफल भएको थियो ।
सो क्षेत्रको शान्ति उत्तर कोरियाका
कारण खतरामा पर्ने गरेको भन्दै उसका
विरुद्धमा पनि दुवै देशले एक भएर लड्ने
विषयमा सहमति भएको जानकारी
गराइएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved