Home » » बाबुराम समर्थक ४५ केन्द्रीय नेताले एमाओवादी छाडे (नामावलीसहित)

बाबुराम समर्थक ४५ केन्द्रीय नेताले एमाओवादी छाडे (नामावलीसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


१७ कात्तिक, काठमाडौं । पूर्व प्रधानमन्त्री डा.
बाबुराम भट्टराई समर्थक एकीकृत नेकपा माओवादीका
४५ जना केन्द्रीय नेताहरुले सामूहिक राजीनामा
दिएका छन् ।
नेता देवेन्द्र पौडेलको नेतृत्वको टोलीले पार्टी
कार्यालय पेरिसडाँडामा पुगेर राजीनामा बुझाएका
छन् । ‘वैकल्पिक नयाँ धारको निर्माणका लागि
पार्टीको साधारण सदस्य समेत नरहने गरी
राजीनामा दिएका छौं’ नेता रामरिझन यादवले
अनलाइनखबरसँग भने ।
एमाओवादी परित्याग गर्नेमा देवेन्द्र पौडेल,
हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी,
रामरिझन यादव, गंगा श्रेष्ठ, खिमलाल देवकोटा,
रामकुमार शर्मा छन् ।
नन्दनकुमार दत्त, रमेश रन्जन झा, कल्पना धमला, चिनक
कुमी, बलावती शर्मा, देवेन्द्र पराजुली, भीमप्रसाद
गौतम, साथी स्वनाम, महेन्द्र पासवान लगायतले पनि
एमाअओवादी परित्याग गरेका छन् । राजीनामा
दिनेमा सांसद सदस्य छैनन् । भट्टराई समर्थक सांस द प्रभु
साहले पनि एमाओवादी छाडेका छैनन् ।
पार्टी छाडेकाहरुले पार्टीले विगतको गल्तीबाट
पाठ सिक्नुको साटो निरन्तर स-साना आफ्नै
गल्तीहरुबाट बच्न नसकेको र जनविरोधी र
यथास्थितिवादी धाराहरुको विकल्पमा नँया
शक्तिको रुपमा स्थापित भएको पार्टी संगठनात्मक र
वैचारिक दुवै दृष्टिले कमजोर भएको बताएका छन् ।
एमाले र कांग्रेसकै संघीय मोडलमा सहमति जनाएको,
जनताको भारतको अघोषित नाकाबन्दीको मारमा
रहेका बेला समग्र देश र जनताको पक्षमा आफ्नो
भूमिका निर्वाह गर्नुका साटो जोसँग मिलेर पनि,
जसरी पनि पार्टीको शीर्ष नेतृत्वको टिम नै पदको
निम्ति लुछाचुँडी गर्नु विचलन र विघटनको
पराकाष्ठा भएको बताएका छन् ।
‘इतिहासका सबै प्रकारका जनपक्षीय र जायज
आन्दोलनमा प्रतिगमनकारी दमनको बाटो
लिनेहरुलाई पद प्राप्ती गर्नका लागि मित्र ठान्दै
सहकार्य गर्नु र इतिहासका सबै प्रकारका न्यायपूर्ण
आन्दोलनका सहयात्रीहरुलाई कपोकल्पीत आरोप
लगाउनु र वदनाम गर्नु कदापी क्रान्तिकारी हुन सक्दैन्’
पार्टीमा बुझाइएको फरक मतमा भनिएको छ ।
पछिल्लो समयमा पार्टीको रणनीति र
कार्यनीतिमा कुनै तादाम्यता नरहेको भन्दै उनीहरुले
भनेका छन्-‘गठनात्मक प्रणाली र पद्धतिका दृष्टिले
हाम्रो पार्टी द्वन्दवादी तरिकाले होइन कि
एकाधिकारवादी तरिकाले चल्ने गरेको छ ।’
संगठनात्मक सिद्धान्तमा पार्टी अस्पस्टता, तदर्थवाद
र अराजकतामा फसेका भन्दै उनीहरुले पार्टी केही
निश्चित “अभिजात” हरुको मौजा जस्तो र अरु मोही
जस्ता भएको आरोप लगाएका छन् ।
वामपन्थी ध्रुवीकरणका नाममा पुरानै संसदीय
संस्कारको फोहोरी कुण्डमा पस्नु सैद्धान्तिक गल्ती
हुने भन्दै असन्तुष्ट नेताहरुले नयाँ वैकल्पिक नयाँ शक्ति
निमार्णको अभियानमा लागेको बताएका छन् ।
रामकुमार शर्माले अनलाइनखबरसँग भने, ‘अध्यक्ष प्रचण्डले
पार्टीको नीति, एजेण्डा र वर्ग पनि छाड्नु भयो
त्यसैले हामी नयाँ शक्ति बनाउने अभियानमा
लाग्यौं ।’
डा. भट्टराईले देशमा ‘नयाँ शक्ति’ आवश्यक रहेको भन्दै
गत असोज ८ गते एमाअोवादी परित्याग गरेका थिए ।
त्यसलगत्तै देशब्यापी अन्तरक्रिया लगायतका
कार्यक्रम सन्चालन गरेका थिए । भट्टरार्इका
कार्यक्रमहरूमा मंगलबार राजीनामा दिएका नेताहरू
पनि सहभागी हुँदै आएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved