Home » » एनसेलले ल्यायो द्रुतगतिको इन्टरनेट

एनसेलले ल्यायो द्रुतगतिको इन्टरनेट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं : एनसेलका ग्राहकले अझै द्रुतगतिको इन्टरनेट
सेवा पाउने भएका छन्।
एनसेलले काठमाडौं उपत्यकामा नेटवर्क अपग्रेडको काम
सकिएकाले ग्राहकले २१ एमबी प्रतिसेकेन्डसम्मको
गतिमा इन्टरनेट सेवा पाउने भएका हुन् ।
भ्वाइस र डेटा सेवाको क्षमता दोब्बर बनाउने लक्ष्य
लिएर एनसेलले नेटवर्क आधुनिकीकरणको काम गरिहेको
थियो। यसबाट सेवाको गुणस्तर बढ्ने कम्पनीको
विश्वास छ।
'एनसेलको अपग्रेडेड नेटवर्कले काठमाडौं उपत्यकाका
ग्राहकलाई अझ सहज तथा दु्रत गतिमा आफ्ना
प्रियजनसँग सम्पर्कमा रहन समर्थ बनाउनेछ', नसेलका
प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानलारले भने,
'२१ एमबी प्रतिसेकेन्डको डेटा गतिमा ग्राहकले इन्टरनेट
चलाउन, सजिलै अनलाइन भिडियो हेर्न तथा टाढा
रहेका साथीभाइ र आफन्तसँग सम्पर्कमा रहन अझ मन
पराउनेछन् भन्नेमा म विश्वस्त छु।'
'नेटवर्क क्षमता अपग्रेड गर्ने कार्य काठमाडौंबाहिर
पनि विस्तार गर्ने उनले बताए।एनसेलले पाँच वर्षअघि
३.६ एमबी प्रतिसेकेन्ड गतिको मोबाइल इन्टरनेट सेवा
सुरु गरेको थियो, जसले ग्राहकलाई नेपालमै पहिलो
पटक मोबाइल इन्टरनेटमार्फत सहजै अनलाइन भिडियो
हेर्न सक्ने बनाएको थियो।
एनसेलका अनुसार नेटवर्क अपग्रेडिङ गर्ने क्रममा बढी
क्षमता भएका तथा कम वजनका टावर जडान गरिएको
छ, जसले भूकम्पपश्चात देखा परेको चिन्तालाई सम्बोधन
गर्छ। टावर राख्न बाँकी ठाउँमा एनसेलले सेवा सुचारु
राख्न 'सेल अन ह्विल' र 'सेल अन लेग' जस्ता प्रविधि
परिचालन गरेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved