Home » » फ्रान्सका राष्ट्रपतिले ओलीलाई फोन गरेर भने–नडराउनुहोस, अब हामी आउँछौं

फ्रान्सका राष्ट्रपतिले ओलीलाई फोन गरेर भने–नडराउनुहोस, अब हामी आउँछौं

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मंगलबार, २४ कार्तिक
काठमाडौं । फ्रान्सले नेपालको
विकास र आर्थिक उन्नतिका लागि सँगै
काम गर्ने प्रस्ताव राखेको छ । उसले
नेपाल सरकारले व्यहोरीरहेको संकट
समाधान गर्न पनि सक्दो सहयोग गर्ने
प्रतिवद्धता जनाएको छ ।
फ्रान्सका राष्ट्रपति फ्रान्सिस अलन्दले
प्रधानमन्त्री केपी शर्मा ओलीलाई
टेलिफोगरि नेपालको आर्थिक
विकासमा साझेदारी गर्ने इच्छा व्यक्त
गरेका हुन् ।
उनले नेपालमा बैशाख १२ र २९ मा गएको
विनाशकारी महाभूकम्प पछि गर्नुपर्ने
पुननिर्माण र अहिलेको अवस्थाबारे आफुहरु राम्रोसँग जानकार रहेको र सहयोगकालागि तयार रहेको बताएका थिए।
अलन्दले नेपाल प्राकृतिक रुपमा अति सुन्दर र धनी रहेकाले नेपालको विकास प्रकृतिसँगको मिलापबाटै हुने उल्लेख गरेका
थिए । उनले त्यसकालागि आवस्यक स्रोत व्यवस्थापनमा फ्रान्सले सहयोग गर्ने बताए ।
फोन वार्तामा भने भाषिक समस्या भएको थियो । अलन्द अंग्रेजी नबुझ्ने र ओली फ्रेन्च नबुझ्ने भएकाले बिचमा
सहयोगीको आवश्यकता परेको थियो । फ्रान्सका राष्ट्रपतिले आफुलाई नेपाल भ्रमण गर्ने इच्छा भएको बताएका थिए ।
जंगबहादुर राण पछि नेपालका प्रधानमन्त्रीको औपचारिक फ्रान्स भ्रमण भएको छैन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री
भएका बेला तय भएको भ्रमण भट्टराईलाई गिरिजाप्रसाद कोइरालाले राजिनामा दिन बाध्य पारेपछि रोकीएको
थियो ।
ओली प्रधानमन्त्री भएपछि फ्रान्सले नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन चाहेको छ ।
nepalsandesh.comबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved