भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१८ कात्तिक, सिमरा ।
नेपालमाथि भारतले मात्र नभएर विश्वले नकाबन्दी लगाउनु पर्ने अभिब्यक्ति दिएपछि सद्भावना पार्टीका नेता
राजेन्द्र महतोमाथि आक्रमणको प्रयास भएको छ ।
बाराको सिमरामा यस्तो अभिब्यक्ति दिए लगत्तै स्थानीय बासिन्दाले उनलाई झण्डै कुटेका थिए ।
महतोले भारत मात्र नभएर चीन सहित विश्वका सबै देशले नेपालमाथि नाकाबन्दी गर्ने बताएपछि उनी चढेको बाइकको
चाँवी खोसिएको थियो ।जनतालाई नाकाबन्दी लगाएर आफूचाँहि मोटरसाइकलमा घुम्ने भन्दै उनीमाथि आक्रमणको
प्रयास भएको हो ।
महतो चढेको मोटरसाइकलको साँचो स्थानीयबासीले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई जोगाएर बीरगञ्जतर्फ
पठाएको थियो ।
0 comments:
Post a Comment