भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ४ मंसिर । भारतमा आतंकवादी हमला
भएको छ ।
हमलामा परी पाँच जना घाइते भएका छन् ।
भारतको दक्षिण कश्मीरमा शुक्रबार आतंकवादी
हमला भएको हो ।
पुलवामा जिल्लाको श्रीनगर–जम्मू राष्ट्रिय
राजमार्गमा सुरक्षा बलमाथि उग्रवादिहरुले ग्रेनेड
फालेर हमला गरेका हुन् । जसमा सीआरपीएफका दुई
जवानसहित पाँच लोग घाइते भएका छन् । स्थानीय
प्रहरीका अनुसार केही अज्ञात व्यक्तिहरुले
राष्ट्रीय राजमार्ग द्रांगबलमा सीआरपीएफको
एक दलमाथि ग्रेनेडले हमला गरेको थियो ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि भारतीय प्रहरीले आतंकवादी हमला गर्ने
उग्रवादीहरुको खोजी गरिरहेको छ । हमलापछि
पलुवा जिल्लाका यातायात र बजारहरु बन्द
भएका छन् ।
यसअघि श्रीनगरकै कुपवाडामा पनि आतंकवादीहरुले
घुसपैठको प्रयास गरेका थिए । जहाँ भारतीय
सेनाका कर्नेल सन्तोष महादिक मारिएका थिए ।
(एजेन्सीको सहयोगमा)
0 comments:
Post a Comment