Home » » पद छोड्छु तर, छानबिन रोकिन्नः लोकमान

पद छोड्छु तर, छानबिन रोकिन्नः लोकमान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह
कार्कीले आफूले पद छोड्नु परे पनि नेताहरुमाथिको
छानबिन नरोक्ने बताएका छन् ।
भष्ट्राचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका
अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले
अहिले बढाएको नेताहरुमाथिको छानबिन
नरोकिने बताए । उनले भने- ‘पछिल्लो समय पत्र
काटेर अगाडी बढाइएको अनुसन्धान प्रक्रिया र
कानुनसम्मत छ । यो कुनै पनि हालतमा रोकिँदैन ।
बरु मैले पद छोड्नुपर्ला तर छानबिन रोकिन्न । अरु
थुप्रैको नाम आएको छ र उनीहरुमाथि पनि
छानबिन हुन्छ ।’
अख्तियारले पछिल्लो पटक एमाले, एमाओवादी
नेताका साथै पूर्व मन्त्री र सचिव गरी २९
जनालाई पत्र काटेको छ । पत्रलाई लिएर एमाले र
एमाओवादीले अख्तियार पूर्वाग्रही भएको भन्दै
विरोध जनाएका छन् ।
प्रमुख आयुक्त कार्कीले कानुनसम्मत अनुसन्धान गर्दा
भइरहेको विरोधप्रति भने असन्तुष्टि जनाए ।
अख्तियारले पत्र काटेर छानबिन गर्दैमा दोषी नहुने
भन्दै अनुसन्धान कै विरोध गर्नु राम्रो नभएको बताए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved