भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नाकामै औषधी रोकेर सूची नआएको तर्क
२३ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन
राज्यसभामा सोमबार नेपालको नाकाबन्दीबारे
गरमागरम बहस भयो, जहाँ विदेशमन्त्री सुष्मा स्वराजले
नेपालबारे केही झूटो वक्तव्य दिइन् ।
राज्यसभामा बोल्ने अधिकांश भारतीय सांसदले
भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएर
गम्भीर मानवीय संकट उत्पन्न गराएको आरोप लगाए ।
कतिपयले ३० लाख बालबालिका औषधि नपाएर
मृत्युको मुखमा पुगेको भन्दै भारतीय विदेश नीतिको
कडा आलोचना पनि गरे ।
भारतले औषधि समेत रोकेर मानवीय संवेदना
बिर्सिएको सांसदहरुको आरोप थियो । लाखौंलाई
मृत्युको मुखमा पुर्याएको सवाललाई भारतीय
विदेशमन्त्री सुष्मा स्वराजले कडा प्रतिवाद गरिन्,
झुटको साहारा लिएर । उनले सरकारको बचाउमा
भारतीय राज्यसभालाई झुटो तथ्य पेश गरेको खुलेको छ
।
उनले नाकाबन्दीपछि ४ सयवटा औषधि बोकेका ट्रक
नेपाल गएको राज्यसभालाई जानकारी गराइन् । तर,
भारतीय नाकाबन्दीपछि नेपालमा मुस्किलले
भारतबाट ६० ट्रक औषधि भित्रिएको व्यवसायी
बताउँछन् ।
उनीहरुका अनुसार एयरकार्गाे मार्फत आएको
अत्यावश्यक औषधिले अहिले बिरामीको जीवन
धानिएको छ । स्वराजले भनेजस्तो रि-रुट गरेर एक ट्रक
पनि औषधि नेपाल नआएको नेपाल औषधि व्यवसायी
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।
वीरगञ्ज नाका हुँदै आउने केही औषधि अन्य नाकाबाट
आए पनि वीरगञ्जमा अलपत्र रहेका ३ सय ट्रक औषधि
अझै रि-रुट गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।
‘वीरगञ्ज हुँदै आउने केही ट्रक अन्य नाकाबाट छिरेका
हुन् । तर, वीरगञ्जमा अलपत्र औषधि अझै रि-रुट भएको
छैन’ उनले भने ।
‘भारतीय विदेशमन्त्रीले ४ सय ट्रक औषधि नेपाल गएको
भनेर सरारसर झुट बोलेकी हुन् । तीन महिनामा ६० देखि
७० वटा ट्रक औषधि आएका छन् । स्वराजले प्रस्तुत गरेको
तथ्यमा झण्डै साढे ३ सय फरक देखियो’ श्रेष्ठले
भने-‘आफ्नो लाज छोप्न मात्रै राज्यसभामा यत्ति
ठूलो झुट बोलियो ।’
भिडियो हेर्नुस्
विदेशमन्त्री स्वराजले सोमबार संसदमा अघिल्लो दिन
आइतबार ८ सय ६४ वटा मालबाहक ट्रक छिरेको भनेर पेश
गरेको तथ्य पनि गलत भएको नेपाली भन्सार
अधिकारीले बताएका छन् । त्यसदिन सबै नाकाबाट
गरेर झण्डै ४ सय १३ वटा मात्र मालबाहक गाडी नेपाल
आएका थिए ।
आइतबार बिराटनगरबाट सबैभन्दा बढी २ सय १५ वटा
मालबाहक गाडी नेपाल आएको थियो भने भैरहवा
नाकाबाट ६८ वटा ट्रक आएका थिए । यस्तै मेचीबाट
९७ र कैलाली नाकाबट ३३ वटा गाडी नेपाल नेपाल
भित्रिएका थिए ।
नेपालगञ्ज नाकाबाट आइतबार एउटा पनि गाडी
नभित्रिएको भन्सार प्रमुख राजेन्द्र हमालले
जानकारी दिए । एक हप्तादेखिको तनाव कम भएपछि
सोमबार बेलुकीदेखि मात्र नेपालगञ्जबाट गाडी
भित्रिन सुरु भएको थियो ।
छिटपुट रुपमा आउने औषधि बोकेका ट्रकलाई भारतीय
भन्सारले पास गर्न ढिलाइ गरिरहेको एक भन्सार
अधिकारीले बताए ।
अन्य नाकामा पनि औषधि रोक्छ भारत
निकै लामो समयको अवरोधपछि डेढ हप्ता अघिदेखि
बिराटननगर र भैरहवामा नाकाबाट कुनै-कुनै दिन एक-
दुई ट्रक औषधि नेपाल आउन थालेको उनले बताए ।
औषधि बोकेका ट्रकलाई पनि भारतीय भन्सारहरुले
सहज रुपमा पास नगर्दा समस्या भएको व्यवसायीले
बताएका छन् । त्यसैकारण स्थलमार्ग हुँदै औषधि ल्याउन
समस्या भएको छ । रुपैडिया भन्सारले समयमै पास
नगर्दा ७ ट्रक औषधि भारतीय भूमिमा अलपत्र छ । अन्य
नाकामा पनि औषधिबाहक केही ट्रक भन्सार पासको
प्रतिक्षामा छन् ।
बजारमा अहिले पनि सुईजन्य औषधिको अभाव कायमै
छ । अन्य औषधिहरुको आपूर्ति पनि सहज नभएको औषधि
व्यवसायी संघले जनाएको छ । ‘वीरगञ्ज नाका
नखुलेसम्म सुईजन्य औषधिको अभाव सामान्य हुँदैन । अन्य
औषधि पनि सामान्य अवस्थामा जस्तैगरी पाउन
वीरगञ्ज नाका नै खुल्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले भने-‘एयर
कार्गो गरेर ल्याएको औषधि र विभिन्न सामाजिक
संस्थाले अस्पतालमा ल्याएर वितरण गरेको औषधिले
ठूलो संकटलाई टारेको छ ।’
अत्यावश्यक औषधिहरु एयर कार्गोमार्फत पनि ल्याएर
स्टक राखिएको संघले जनाएको छ । एयर कार्गो महंगो
तथा झण्झटिलो भएकाले सबै व्यवसायीले त्यसमार्फत
औषधि ल्याउन नसकेको संघले जानकारी दिएको छ ।
औषधि बोक्न इन्धन छैन
व्यवसायीका अनुसार इन्धन अभावका कारण औषधि
ढुवानी प्रभावित भएको छ । नेपाल औषधि व्यवसायी
संघले औषधि ढुवानी गर्ने गाडीहरुलाई सरकारले सहज
रुपमा इन्धन उपलब्ध नगराउँदा पहाडी क्षेत्रमा औषधि
पुर्याउन समस्या भएको जनाएको छ ।
कालोबजारीको तेल हालेर औषधि ढुवानी गर्दा
लागत बढ्ने भएकाले इन्धनको उचित व्यवस्थापन नगर्दा
समस्या भएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।
‘वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल
निगम, गृहमन्त्रालयदेखि स्वास्थ्य मन्त्रालयसम्म औषधि
ढुवानीका लागि इन्धनको व्यवस्थापन गरिदिन
आग्रह गर्दै पटक-पटक डेलिगेसन गयौं । तर, अझै हामी
इन्धन सहजरुपमा नपाउँदा पहाडी क्षेत्रमा औषधि
पुर्याउन सकिरहेका छैनौं ।’ अध्यक्ष श्रेष्ठले भने- ‘अब
प्रधानमन्त्रीलाई मात्र भेट्न बाँकी छ । अरु सबैले हुन्छ-
हुन्छ भनेर मात्रै टारे ।’
उनले प्रहरीको नक्सालस्थित पम्पमा औषधिबाहक
सवारीलाई इन्धन दिने भनिए पनि व्यवसायीका
गाडीलाई तेल नदिएको गुनासो गरे । औषधि बोक्ने
गाडीका लागि छुट्टै पम्प तोकेर तेल दिने व्यवस्था गर्न
संघले माग गर्दैै आएको छ ।
‘झण्डै तीन महिनादेखि ब्ल्याककै तेलका भरमा ढुवानी
गरिरहेका छौं । भएको औषधि पनि गाउँसम्म पुर्याउन
सकिएको छैन । सरकारले औषधी बोक्ने गाडीलाई
सहजरुपमा तेल दिने व्यवस्था नगरेर बिरामीमाथि नै
अन्याय गरेको छ ।’ श्रेष्ठले भने ।
जीवन-मरणसँग जोडिएको औषधिजस्तो
अत्यावश्यकीय सामग्री बोक्ने गाडीलाई इन्धन
उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको संघको
आरोप छ ।
रक्सौलमा झण्डै साढे २ सय ट्रक बराबरको औषधि
अडि्कएको छ । अध्यक्ष श्रेष्ठले औषधिको अभावमा नै
कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने व्यवसायी
सचेत रहेको बताए ।
0 comments:
Post a Comment