भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डौ,पुस १७– कांग्रेसले बालुवाटारमा बसेर
बहुमतकै आधारमा संविधान बनाउने निर्णय गरेकै दिन
एमाओवादी लगायतका विपक्षी दलहरुले ललितपुरमा
बसेर आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेका छन् ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
‘प्रकाश’को डेरा हरिसिद्धिमा बसेको एमाओवादी,
मधेसवादी लगायतका दलहरुको बैठकले
बहुमतीय आधारमा संविधान बनाउने कांग्रेस–एमाले
सत्ता गठबन्धनविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त
बनाउने निर्णय गरेको हो ।
यसअघि नै ३० दलको बैठकले पुस १९ गतेदेखि माघ ५
गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनप्रति एमाओवादी उपाध्यक्ष
नारायणकाजी श्रेष्ठको असहमति रहेको समाचार
पनि बाहिर आएको थियो ।
तर बुधबार श्रेष्ठकै डेरामा बसेर आन्दोलनलाई सशक्त
बनाउने घोषणा गरिएको छ ।
0 comments:
Post a Comment