Home » » जहाज हरायो, तर कसरी दशजनाको परिवार बाँचे

जहाज हरायो, तर कसरी दशजनाको परिवार बाँचे

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सोमबार, पुस १४, एजेन्सी । हराइरहेको एयर
एसियाको विमानमा यात्रागर्ने टिकट
लिइसकेको एक इडोनेसियाली परिवारका १०
जना सदस्य भाग्यबस बाँचेको रहस्य खुलेको छ ।
उनीहरुले
सोही हराइरहेको विमानमा यात्रागर्नेगरी
आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६
वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् ।
तर सो विमानले भने उनीहरुलाई छोडेर
आफ्नो यात्रा समयभन्दा पहिला नै उडेकोले उनीहरु
बचेका थिए । विमान त्यसको दुई दुई घन्टा अगावै
अथवा बिहानको ५ः३० बजे नै उडेको थियो ।
सोही कारण उनीहरुको परिवारका १०
जनाको ज्यान बचेको थियो । हामी ७ः३०
को उडानका लागि सोही बमोजिमको समय
तालिकामा विमानस्थल आइपुगेका थियौँ तर
पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ– उनले
भनिन् ।
एकै परिवारका छ जना युवायुवती र अरु
पाका मानिस गरी १० जनाको परिवार नयाँ वर्ष
मनाउनका लागि हिजो सिङ्गापुर जाने कार्यक्रम
रहेको थियो । सो विमानमा जाने
तयारी भएको परिवारकी एकजना महिला
क्रिश्चियानावतीले भनिन्– हामीले पहिला नै
७ः३० को नै टिकट लिएका थियौँ तर
त्यहाँ जादा त विमान उडिसकेछ ।
उनीहरुले सो जहाजको टिकट पहिला नै लिएका तर
एयर एसियाले त्यस उडानमा परिवर्तन गरी दुई
घन्टा अगावै विमान उडाएको थियो ।
क्रिश्चियनावती भन्छिन्– विमानको सो उडान
परिवर्तनको बारेमा जानकारी गराउन एयर
एसियाबाट हामीलाई डिसेम्बर १५ र १६ मा गरी दुई
दिनसम्म फोन पनि गरिएको रहेछ तर हाम्रो आफ्नै
व्यस्तताका कारण हामीले नै फोन उठाउन सकेनौँ ।
तर अहिले आएर अकस्मात सो विमानको समय
परिवर्तन भएको र आफूहरु विमानस्थल पुग्नुभन्दा दुई
घन्टा नै अगाडि जहाज उडेको भन्ने
जानकारी पछि त हामी निकै रिसायौंँ– उनले
भनिन् । विमान सेवाका कर्मचारीले हामीलाई
सोही समयभन्दा एक घन्टामात्र पछि अर्काे जहाज
उड्न लागेकोले त्यसैमा लाने
भनी तयारी गरिरहेका थिए र
हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर
आयो त्यसपछि हामी सो विमान
सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं– उनले भनिन्
क्रिश्चियनावती भन्छिन्– यो सबै कुरा सुनेर मलाई
निकै नरमाइलो लागिरहेको छ र सिङ्गापुर जान
नपाएकोमा पनि हामी दुःखी छौँ ।
तरपनि यो सबै भगवानले
हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर
हामीले सोचिरहेका छौँ– उनको अनुभव छ । तर
त्यो हराएको विमान पनि छिट्टै भटिने र
सबैजना सकुसल भेटिने आसा आफुले
गरेको पनि उनको भनाई छ ।
एयरबस ए३२०–२०० को उक्त विमान
इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट
आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो ।
यो मलेसियाली विमान सेवाको विमान हो ।
उक्त विमान हराएको २४ घण्टापछि पनि त्यसको कुनै
सङ्केत देखिएको छैन । खोजी कार्य सोमबार
बिहान बाट सुरु
भइसकेको जानकारी इन्डोनेसियाको यातायात
मन्त्रालयका अधिकारीले दिएका छन् ।
सुराबायाको जौन्डा अन्तर्राष्ट्रिय
विमानस्थलबाट बिहानको ५ः२० बजे उडेको दुई
इन्जिनको उक्त विमानसँग हवाई उड्डयन
नियन्त्रकहरूको सम्पर्क त्यसको करिब एक
घण्टापछि टुटेको थियो । यसपछि उनीहरूले उक्त
विमानबाट कुनै पनि सङ्केत प्राप्त गरेका छैनन् ।
उडान क्युजेड८५०१ को एयरएसियाको उक्त
विमानमा १५५ यात्रु रहेका थिए । त्यसमा दक्षिण
कोरियाका तीन तथा सिङ्गापुर, मलेसिया,
बेलायत तथा फ्रान्सका एक÷एक यात्रु
रहेका बताइएको छ । एएफपी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved