भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । बिना अनुमति भारत भ्रमणका क्रममा
आबिना अनुमति भारत भ्रमणका क्रममा आफूसँग
फोटोग्राफर लगेको र गलत तरिकाले भत्ता असुलेको
विवादमा परेका अमेरिकी रिपब्लिकन सांसद एरोन
शकले राजिनामा दिएका छन् ।
सन् २०१३ मा गुजरात भ्रमण गरेका शक भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक मानिन्छन् ।
उनले आफूलाई पछिल्लो समयमा उठका सवालहरुले
हैरानी दिएको भन्दै यस्तो अवस्थामा जनताको
सेवा गर्न मुस्किल भएको बताएका छन् ।
उनले आफूलाई जिताउने जनतालाई धन्यवाद समेत
दिएका छन् । सन् २०१३ मा मोदीलाई भेट्न गुजरात
आएको अमेरिकी सांसदको प्रतिनिधिमण्डलमा उनी
समेत सामेल थिए ।
त्यस समयमा गुजरात दंगालाई कारण देखाउँदै
अमेरिकाले मोदीको भिजा प्रतिबन्ध लगाइरहेको
थियो । उक्त समयमा शकले आफ्नो कार १ लाख ७२
हजार ५२९ माइल चलेको भन्दै भत्ता मागेको मिडिया
रिपोर्टहरुमा जनाइएको थियो ।
0 comments:
Post a Comment