भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउड अभिनेत्री श्रुति हसनलाई अदालतले
फिल्ममा अनुवन्धित हुन रोक लगाएको छ। अन्तिम
समयमा फिल्म छोडेर धोका दिएको भन्दै परेको
मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको हो।
तमिल तथा तेलुगु भाषामा निर्माण हुन लागेको एक
फिल्मलाई अन्तिम समयमा छाडेपछि फिल्म
निर्माण कम्पनीले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै
अदालतले उक्त आदेश जारी गरेको हो।
अदालतले आफ्नो आदेशमा श्रुतिलाई उक्त फिल्मको
छाँयाकंन नसकेसम्म अन्य फिल्ममा अनुवन्धित नहुन
भनेको छ। उनका विरुद्द फिल्म निर्माण कम्पनी
‘पिक्चर्स हाउस मिडिया’ले वन्जारा हिल्स
प्रहरीमा उजुरी दिएको थियो। उजुरीमा कम्पनीले
श्रृतिले फिल्म खेल्ने सहमति जनाएर अन्तिम
अवश्थामा ‘डेट नमिले’को भन्ने फिल्मी बाहाना
बनाएर धोका दिएको जनाएको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा
अभिनेत्रीले फिल्म छाँयाकंनको पहिलो चरण
सकिएपछि ‘डेट नमिलेको’ बाहाना बनाएको छ।
त्यसैगरी कम्पनीले श्रुतिसँग सुटिङ मितिका बारेमा
पहिले नै कुरा गरेर तय गरिसकिएको थियो। उनको
यस किसिमको अनैतिक तथा अव्यवसायिक
क्रियाकलापले कम्पनीलाई आर्थिक र चारित्रिक
क्षति पुगेको उल्लेख गरेको छ।
श्रृति प्रसिद्द भारतीय अभिनेता कमल हसन तथा
अभिनेत्री सारिका हसनकी सुपुत्री हुन।
0 comments:
Post a Comment