Home » » विराटनगरलाई राजधानी बनाउन पहल....

विराटनगरलाई राजधानी बनाउन पहल....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पथरी(मोरङ), ८ चैत, नेकपा (एमाले)मोरङले
विराटनगरलाई राजधानी बनाउन चाहिने
पूर्वाधार निर्माणमा लाग्ने निर्णय गरेको छ ।
सङ्घीय राजधानी हुनुपूर्व आवश्यक पूर्वाधार
निर्माण गर्नका लागि एमाले योजनाबद्ध
रुपमा लागेको हो । अन्तर्राष्ट्रिय
विमानस्थल निर्माण गर्न जग्गा
विस्तारसहित भौतिक पूर्वाधारको निर्माण
सुरु गर्न र ‘रिङरोड वाइपास रोड’ निर्माण
अविलम्ब सम्पन्न गराउन पहल गर्ने निर्णय भएको
एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताउनुभयो ।
विराटनगरलाई राजधानी बनाउनका लागि
अध्यक्ष महेश रेग्मीले १४ बुँदे योजना रहेको
बताउनुभयो । रेलवेसम्बन्धी भइरहेको निर्माण
अविलम्ब गराइने, ड्राइपोर्ट निर्माणमा
देखिएको अवरोध हटाई निर्माण सुरु गरिने र
क्षेत्रीयस्तरको सुविधा सम्पन्न खेल मैदान
निर्माणमा पहल गर्ने पनि निर्णय भएको
अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्ष रेग्मीका अनुसार राजधानी बन्नुपूर्व
वीरेन्द्र सभागृह मर्मत गरी सभागृह र आधुनिक
बसपार्क तत्काल निर्माण सुरु गर्नुपर्छ । त्यस्तै
सामुदायिक विद्यालय र क्याम्पसमा
गुणस्तरीय शिक्षाका लागि सम्बन्धित
पक्षलाई ध्यानाकर्षण गराइने तथा
‘ल्यान्डफिल साइट’को स्थापना तथा फोहर
व्यवस्थापनका लागि तत्काल पहल गरिने छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा
सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न र
गुणस्तरीय बनाउनका लागि सरोकार
भएकाहरुको समूह गठन गरिनुपर्ने निर्णय पनि
भएको छ । पार्टीले निर्माणका क्रममा
भत्काइएका खानेपानी, विद्युत्, टेलिफोन,
सडक आदि पूर्वाधार तत्काल पुनः निर्माण
गरिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष रेग्मीले
बताउनुभयो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved