भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, ७ चैत, नेकपा (एमाले)का स्थायी
समिति सदस्य मुकुन्द न्यौपानेले मुलुकमा २००७
सालपछि ६४ वटा सरकार परिवर्तन भएकाले
स्थायित्व र शान्ति कायम हुन नसकेको
बताउनुभएको छ । नेकपा (एमाले) मजदुर विशेष
जिल्ला कमिटी काठमाडौँले आज यहाँ
आयोजना गरेको छैटौँ जिल्ला अधिवेशन
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता
न्यौपानेले सो कुरा बताउनुभएको हो ।
“छैसट्ठी वर्षमा ६४ वटा सरकार परिवर्तन हुँदा
कुनै पनि सरकारले पाँच वर्ष काम गर्न पाएका
छैनन्, यसको असर समग्र प्रणालीमा परेको छ”,
उहाँले भन्नुभयो । उहाँले घोषणापत्रमा एक
वर्षभित्र संविधान दिने बताएको नेकपा
(माओवादी) ले अहिले आफ्नो प्रतिबद्धता
विपरीत सहमति र प्रक्रियाका नाममा
अस्थिरता मच्चाउने खेलमा लागेको टिप्पणी
गर्नुभयो ।
पोलिटब्युरो सदस्य सानु श्रेष्ठले
क्रान्तिकारी कुरा गर्ने कम्युनिस्ट पार्टी
वर्गीय विषय छोडेर जातीय राज्यका पक्षमा
वकालत गर्न थाल्नु कम्युनिस्ट विचारप्रतिकै
विचलन भएको बताउनुभयो । “हाम्रो
पार्टीमा पनि विचारप्रति विचलन सुरु
भएकाले युवा सङ्घमा दुईथरि नेतृत्व देखा पर्न
थालेको छ, यसलाई पार्टीले रोक्न सक्नुपर्छ”,
उहाँले भन्नुभयो । केन्द्रीय कमिटी सदस्य
जीवनराम श्रेष्ठले हरेक कदममा पार्टी एक भएर
अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य बिना
श्रेष्ठ, सभासद्हरु विनोद श्रेष्ठ र केदार सञ्जेल,
एमाले काठमाडौँका अध्यक्ष निर्मल कुइँकेल, टे«ड
युनियन महासङ्घका कार्यबाहक अध्यक्ष
हरिदत्त जोशी र बलराम खत्रीलगायतका
वक्ताले राज्यका हरेक तहमा मजदुरलाई १०
प्रतिशत प्रतिनिधित्व गराइनुपर्नेमा जोड
दिनुभएको थियो ।
तनहुँ– नेकपा (एमाले) बसन्तपुर गाउँ कमिटीको
अधिवेशनको उद्घाटनका अवसरमा सहभागी
वक्ताहरुले पनि मुलुकलाई जतिसक्दो चाँडो
लोकतान्त्रिक संविधान दिलाउन सबै
पार्टीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
वैकल्पिक पोलिटब्युरो सदस्य जगत
विश्वकर्माले एमाओवादीलगायत विपक्षी
मोर्चाको अवरोधका कारण संविधान
निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै अब छिटै
संविधान जारी गर्न सत्तारुढ दलहरु तयार रहेको
बताउनुभयो ।
एमालेका युवा नेता राम गुरुङले पार्टीको
दृष्टिकोण गाउँगाउँ पु¥याउनु र गाउँको
विकास निर्माणमा स्थानीयवासीहरुसँग
हातेमालो गर्दै अघि बढ्ने काममा आफू सधैँ
क्रियाशील रहने बताउनुभयो ।
गाउँ कमिटी अध्यक्ष रामकृष्ण देवकोटाको
सभापतित्वमा भएको सो कार्यक्रममा
विभिन्न राजनीतिक पार्टीका
प्रतिनिधिहरुले पनि बोल्नुभएको थियो ।
रासस
0 comments:
Post a Comment