भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । चीनको उत्तर पश्चिम स्वान्सी प्रान्तमा
तेलको खोला बगेको छ । उक्त खोला पाइपलाइन
भाँचिएपछि तेलको खोलो बगेको छ ।
कच्चा तेल आपूर्ति गर्न बनाइएको पाइपलाइन अचानक
फुटेपछि तेलको कृतिम बाढी नै आएको थियो ।
शुक्रबारबाट पाइप लाइन फुटेर शुरु भएको तेल चुहावट
अझै रोकिएको छैन । पेट्रो चाइनको अधिनमा रहेको
सो पाइपलाइनलाई कम्पनीका कर्मचारीले मर्मत
जारी राखेपनि उनीहरु सफल हुन सकेका छैनन् ।
चीनमा तेलको पाइप लाइन फुटेर ठूलो परिमाणमा तेल
चुहेको यो दोस्रो पटक हो । पाइप लाइन फुटेर
निस्केकोको तेलको बहाब आसपासका बस्तीका
भौतिक संरचनामा समेत खतरा पुगेको छ ।
उक्त तेलमा आगलागी भएमा हुन सक्ने संभावित
दुर्घटनाका कारण बस्ति क्षेत्रमा सतर्कता
अपनाइएको छ । चीनीयाँ विशेषज्ञहरुले चुहेको तेलबाट
भूमिगत जलश्रोतमा गम्भीर असर पर्ने चिन्ता ब्यक्त
गरेका छन् ।
0 comments:
Post a Comment