Home » » यस्तो गाउँ जहाँ जन्मिने बित्तिकै करोडपति......

यस्तो गाउँ जहाँ जन्मिने बित्तिकै करोडपति......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गाउँ भन्ने वित्तिकै तपाई हाम्रो
दिमागमा सानो बाटो अथवा टुटफुट भएको सडक,
फुसले आएको घर, रोजीरोटीका लागि खेलमा
बिहानदेखि बेलुकासम्म पसिना बगाउने किसानको
चित्र झट्ट आउने गर्छ ।
गाउँमा बस्ने मानिसहरुका लागि आलीशान बंगला,
महंगो कार, राम्रो शिक्षा र हरेक किसिमको
सुविधा जो शहरमा बस्ने मानिसहरुले उपभोग गर्ने
गर्छन्, यस्तो एक सपना नै हुनेगर्छ ।
तर चीनको हुआझी नामको गाउँमा बस्ने मानिसहरुका
लागि यो सपना होइन । चीनको जियांगयिन
शहरको नजिकै रहेको यो गाउँ सबैभन्दा धनी गाउँको
रुपमा परिचित छ ।
यो गाउँमा बस्ने करिब २ हजार मानिसहरु छन् र
उनीहरुले बर्षेनी १ लाख युरो अर्थात एक करोड भन्दा
बढी रकम कमाउने गर्छन । त्यस गाउँमा बस्ने
करोडपतिहरुको संख्या चीनका हरेक गाउँको
तुलनामा सबैभन्दा बढी छन् ।
१९६१ अघि उक्त गाउँको अवस्था अत्यन्तै दयनीय
थियो तर, गाउँको साम्यवादी पार्टी समितिका
पूर्व अध्यक्ष रहेका वु रेनवाओले यस गाउँको परिचय
बदलेर करोडपतिको गाउँमा परिणत गर्न सफल भएका
हुन् ।
उनले कृषि प्रणाली र औद्योगिक सुधारको ठोस
योजना ल्याए भने १९९० मा मल्टी सेक्टर इन्डस्ट्री
कम्पनी बनाएर शेयर बजारमा सामेल गराए ।
उक्त कम्पनीले सन् २०१२ मा मात्रै ९.६ अर्ब डलर
कमाएको थियो । कम्पनीको नाफा हरेक
मानिसहरुको भागमा बाडिन्छ भने त्यहाँका ५० बर्ष
भन्दा बढी उमेरका महिला र ५५ वर्षभन्दा बढी
उमेरका हरेक पुरुषले पेन्सनसँगै चामल र तरकारी पाउने
गर्छन ।
प्रतिकृया दिनुहोस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved