Home » » के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ……

के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ……

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ
। अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार
मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको
जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको
महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका
महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

बैसाख : यो महिनामा जन्मिएका महिला
सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी
महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका
श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी
महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् ।
उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने
बताइन्छ ।

जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम
बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन
सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा
आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी
महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली
बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ ।
उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ ।
कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र
धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनालाई पवित्र र शुभ महिना
मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू
राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् ।
उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र
नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट
सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न
कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू
श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने
गर्दछन् ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको
मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो
। उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम
मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान
प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी
स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण
धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज : असोज महिनामा जन्मिएका महिलाहरूको
स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि
सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै
श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता
हुने देखिन्छ ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र
बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् ।
मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना
श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् ।
घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा
झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी
देखिन्छ ।

मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम
स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन्
। उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक
काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र
खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी
समस्या बढी हुने सम्भावना रहन्छ ।

पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय
अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट
भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने
स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् ।
यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको
समस्या बढी देखिन्छ ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका
हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी
स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने
स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण
विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै
दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन्
। उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् ।
यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर
हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण
अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू
लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध
हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved