भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ । एकीकृत नेकपा माओवादी र नेकपा–
माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा
आज पनि छलफल भएको छ ।
माओवादी पार्टी कार्यालय, बुद्धनगरमा जारी
छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल,
नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र
सचिव टोपबहादुर रायमाझी तथा माओवादीका
तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल,
महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ
सहभागी छन् ।
केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष
वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता
समिति गठन गरेपछि आज छलफल भएको हो ।
बिहान ८ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी छ ।
0 comments:
Post a Comment