भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सिरहा-हुलाकी सडकअन्तर्गत सिरहाको ईटाटार
गाउँको गणेशपुर चोकमा शनिबार राती जन्ती
बोकेको बस पल्टिँदा बेहुलाका पितासहित १२ जना
जन्ती घाइते भएका छन्।
घाइतेमध्ये बेहुलाका पिता तेनुवापट्टी-३ का वेचन
यादव र सोही ठाउँका पुजन यादवको लहानस्थित
सप्तऋषि अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी
कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार
शाहीले बताए।
घाइते १० जना जन्तीलाई जिल्ला अस्पताल
सिरहामा उपचारपछि आइतबार घर फर्किसकेको
प्रहरीले जनाएको छ। बेचनको हात भाँचीएको छ भने
शरिरको अन्य भागमा पनि चोट छ। पुजनको दाँत
भाचिएको छ भने टाउँको फुटेको छ।
बा २ ख ७१ नम्बरको बसले जिर्ण हुलाकी सडकमा
नियन्त्रण गुमाउँदा पल्टेको हुनसक्ने प्रहरीको
प्रारम्भिक अनुमान छ। बस सिरहाको ब्रहम्पुरीबाट
जन्ती लिएर तेनुवापट्टी फर्कदै थियो।
0 comments:
Post a Comment