भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
९ चैत, काठमाडौ । निरन्तर प्रयोगमा नरहेको
सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने भएको
छ । सिम खरिद गर्ने तर त्यसको प्रयोग नहुने प्रवृत्ति
बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो
ब्यवस्था सुरु गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको गत चैत २ गते बसेको बोर्ड बैठकले
निष्क्रिय सिमकार्डलाई प्रयोगमा ल्याउनुपर्ने
आवश्यकता भएको भन्दै यस्तो योजना अघि सारेको
अभियान दै निकमा खबर छ ।
योजनालाई पूर्णरुपमा कार्यान्वनयमा ल्याउन
प्राधिकरणले छुट्टै अध्ययन समिति पनि गठन गर्ने
भएको छ । प्राधिकरणका कर्मचारी सदस्य रहने सो
समितिबाट प्राप्त सुझावका अनधारमा बढीमा ६
महिनाभित्र यो योजना कार्यान्वयनमा ल्याउने
तयारी भएको सहप्रवक्ता अच्यूतानन्द मिश्रले
जानकारी दिए । दूरसञ्चार सेवा प्रदायकले दावी
गर्दै आएको मोबाइल सिम प्रयोगकर्तामध्ये धेरै
निष्क्रिय रहेकाले पनि यस्तो योजना अघि
सारिएको उनी बताउँछन् ।
यसरी सिमकार्ड प्रयोग नगर्ने प्रवृतिका कारण
ब्यवस्थित नम्बरिङ योजनामा समस्या हुँदा पनि
प्राधिकरण यस्तो निर्णयमा पुगेको हो । निष्क्रिय
रहेको सिमकार्डमा रहेको रकम भने पछि पनि प्रयोग
गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणले
अघि सारेको नम्बर पोर्टबिलिटी प्रणालीमा यो
योजनासमेत जोडिनेछ । सिमकार्ड निष्क्रिय रहे
पनि कुनै प्रयोगकर्ताले पछि अर्को सेवा प्रदायकको
सेवा चाहेको अवस्थामा सो सिम प्रयोग गर्न सक्ने
मिश्रले जानकारी दिए ।
0 comments:
Post a Comment