भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लहान-नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता
कोइरालाले प्रधानमन्त्री सुशिल कोइरालाकै
हातबाट संविधान जारी हुने ठोकुवा गरेकी छिन्।
प्रधानमन्त्री सुशिल कोइरालाकै हातबाट संविधान
जारी हुने, नभए कसैको हातबाट जारी नहुने उनको
जिकिर थियो।
गिरिजाप्रसाद कोइरालाको स्मृती दिवस मनाउन
सिरहा आएकी कोइरालाले आइतबार बिहान
लहानमा प्रेस यूनियनको पत्रकार भेटमा भनिन्,
‘संविधान जारि गर्ने विषयमा माओवादी,
मधेसवादी र सत्तापक्षबीच गिभ एण्ड टेक गरेर सहमती
हुनुपर्छ।’
एकीकृत नेकपा माओवादी र मधेसी दल लचिलो भए
तुरुन्त सहमति हुने उल्लेख गर्दै उनले, ‘संघियताको
मुद्धामा बहस जारी राखेर अन्य विषयलाई
संविधान सभामाफर्त छिनोफानो गर्नुपर्छ।’
संविधान सभालाई बन्धक बनाएर विवादीत विषय
किनारा लाग्दैन, सडक छाडेर बहसमार्फत सामाधान
खोज्न एमाओवादी र मधेसी दललाई अग्रह गर्दछु।’
‘आन्दोलनरत्त नेताहरुले ‘म्याच्यूरीटी’ देखाएर
लचिलो नभए जसरी पनि जनतालाई संविधान
दिन्छौ,’ उनले भनिन्, ‘सहमतिमा आउन लचकता
नअपनाए बहुमतीय प्रक्रियाबाटै भएपनि संविधान
जारी हुन्छ।’
कोइरालाले एमाओवादी तथा मधेसी दलले सुरु गरेको
आन्दोलनमा जनसहभागीत नजुट्ने दाबी गरिन्। उनले
भनिन्, ‘जनचाहना बिपरितको आन्दोलन धेरै दिन
टिक्दैन्।’ बेकारको आन्दोलन गर्न शक्ति र वुद्धि
खर्चिनुभन्दा सहमतीका लागि ‘एक्सरसाइज’ गर्नु
अहिलेको आवश्यक्ता भएको उनको तर्क थियो।
नेपाली कांग्रेसको १३ औं महाधिवेसनको सन्दर्भ
जोड्दै उनले भनिन्, ‘मैले धेरै पटक सेक्रीफाइस गरिसके अब
भगवानले भने पनि पछि हट्दिँन।’ मेरो चाहना एक पटक
अझै सुशील दाईले नेतृत्व गरुन भन्ने छ,’ उनले भनिन,
‘सुशिल दाइबाहेक सभापति पदमा जोसुकै आएपनि
मेरो उम्मेदबारी हुन्छ।’
सुशिल कोइराला सभापतीमा लड्नु भए म
पदाधिकारी(महामन्त्री) मा आउँछु,’ उनले भनिन्,
‘नभए सभापतिमा मेरो उम्मेदबारी पक्का छ।’
0 comments:
Post a Comment